back

अष्ट्रेलियामा रहेका दुई नेपाली युवाको डुबेर मृत्यु

वि.सं.२०७६ पुस २० आइतवार

153 

shares
NTC AD
Global IME AD

२० पुष, काठमाण्डौं । अष्ट्रेलियाको सिड्नीमा रहेका दुई नेपाली युवाको डुबेर मृत्यु भएको छ ।

क्याम्पिङमा गएका २६ र २३ वर्षीय विशाल सेढाई र रोशन छत्कुलीको पानीको दलदलमा भासिएर मृत्यु भएको अष्ट्रेलियाबाट संचालित MNTV Australia ले समाचार प्रकाशित गरेको छ ।

शुक्रबार (जनवरी ३) क्याम्पिङका लागि स्थानीय बरोअरा नेशनल पार्कमा गएका उनीहरु पानीमा भासिएपछि राति ७ :३० बजे आपतकालिन सेवामार्फत् उद्धार गर्ने क्रममा डुबिरहेका प्रदिप पाण्डेलाई उद्धार गरेर हेलिकप्टरमार्फत् अस्पताल पुर्याइएको थियो भने छत्कुली र सेढाईको शब राति ११ :३० बजे मात्र दलदलबाट निकालिएको उक्त एमएनटिभी अष्ट्रेलियाले जनाएको छ ।

दिउँसो देखि क्याम्पिङमा गएका उनीहरु साँझपरेपछि पानीमा पौडिका लागि गएका थिए । त्यहिबेला उनीहरु दलदलमा फसेका थिए ।

डुबेर मृत्युहुनेमा सेढाई पेशाले इन्जिनियर रहेको बताइएको छ । पढाई सकेर उनी १ वर्षदेखि आफ्नो पेशामा आवद्ध थिए ।

स्मरण रहोस् विहिबार ( जनवरी २) मा पनि अष्ट्रेलियास्थित अरेन्ज शहरको नजिकै क्यानोबोल्स नदीमा डुबेर २७ वर्षीय नेपाली युवाको मृत्यु भएको थियो । उनको परिवारको अनुरोधमा उनको नाम खुलाइएको छैन । ती युवा पनि आफ्ना दुई साथिहरुसँग नदीमा पौडिखेल्न पुगेका थिए ।

अध्ययनका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीहरु पछिल्लो पटक पौडिने क्रममा डुबेर मृत्यु भएको समाचार बढ्न थालेका छन् ।

वि.सं.२०७६ पुस २० आइतवार ०९:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...