१९ पुष, काठमाण्डौं । राष्ट्रिसभा निर्वाचनका लागि नेपाली कांग्रेस र समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।
शनिबार भएको उक्त सहमति बमोजिम प्रदेश नं २ मा हुने ४ पदका निर्वाचनका लागि कांग्रेसका तर्फबाट महिला र अल्पसंख्या तथा समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदवारी दिने सहमति भएको हो ।
कांग्रेका सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच शनिबार उक्त सहमति भएको हो ।
वि.सं.२०७६ पुस २० आइतवार ११:४३ मा प्रकाशित






























