back
CTIZAN AD

बस चढ्ने क्रममा पर्स भेटिएपछि…

वि.सं.२०७६ पुस २० आइतवार

861 

shares

शुक्रबार जनवरी ३ तारिक, लगातार मसिनो पानी परिरहेको थियो । पश्चिमाहरू शुक्रबार रमाइलो मुडमा हुन्छन् । सुपरमार्केटमा छोटो किनमेल पछि सार्वजनिक बस चढ्ने हतारोमा लम्किंदै गर्दा अनायास दायाँ खुट्टा चिप्लियो । बाटोको सहज अवस्थाको बाबजुद चिप्लिनु स्वाभाविक थिएन । यसो हेर्दा पर्स (थैली) रहेछ ।

उठाएर हेरेको धेरै महत्वपुर्ण डकुमेण्ट रहेछन् । वरिपरि हेरेको कसैलाई दिने अवस्था थिएन । बस चढे पछि पुन : पर्स हेर्दा ३ वटा बैंकको भिसा कार्ड, मास्टर कार्ड, (पिनकोड सहित) परिचय पत्र, ट्राभेल कार्ड, प्लेनको प्रियोरिटि कार्ड, चालक परिचय पत्र सहित रहेछन् ।

फोटो हेर्दा ती महिला ६५ बर्ष भन्दा माथिकी हुनु पर्छ ! घरमा आइ सकेपछि उनको सम्पर्क नं मा कल गर्दा उठेन । सायद उनि त्यसैको चिन्तामा कतै दौडधुपमा हुनुपर्छ भन्ने लाग्यो । १० मिनेटपछि पुन : छोराले आफ्नो मोबाइलबाट फोन हान्यो । यसपटक उठ्यो । ‘मेरो बाबाले तिम्रो सामान फेला पार्नु भएछ, लिन आऊ’ भन्यो । खुशीले बूढी मान्छे फोनमै रोइछन् । हामी बस्ने ठेगाना बताई दिए पछि ‘म अहिले निकै टाढा बस्छु, रातीमा गाडी चलाउन गाह्रो हुन्छ, भोलि १० बजे आउँछु’ भनिछन् ।

आज बिहान ठिक १० बजे टुप्लुक्क घर आइपुगिन् । ‘भेटिन्छ भन्ने कमै आशा थियो । जमाना पहिला जस्तो छैन’, भन्दै ‘तिमीहरु कुन देशको हो ?’ भनेर सोधिन् । छोरासँग १५ मिनेट गफ गरिन् ।
‘नेपाल’ भनेको सुन्ने बित्तिकै धेरै सुन्दर देश हो, मेरो साथीले भनेकी । मिल्यो भन्यो एकपटक घुम्ने बिचार गरेकी छु’ भनेर अद्भुत खुशी प्रकट गरिन् र सानो उपहार दिएर बिदा भइन् ।

परोपकार पुन्याय, पापाय परपिडनम । सबैको सप्ताहान्त खुशीमा बितोस्

वि.सं.२०७६ पुस २० आइतवार ११:३० मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...