back

अष्ट्रेलियामा रहेका यी तीन वर्गका नेपाली

वि.सं.२०७६ पुस २५ शुक्रवार

141 

shares
RBB AD
NTC AD

ल आउनुहोस् आज मान्छेका बर्गका कुरा गरौ । माक्र्सबादले भनेजस्तो बर्गको कुरा होइन है यो ! माक्र्सबादले मनुश्यलाई कती वटा बर्गमा बिभाजित गर्छ त्यतातिर नजाउ ! आज अष्ट्रेलियामा भएका नेपालीहरुको बर्गिकरण गरौ

१) निम्न बर्गका नेपाली (आयका हिसाबले )
नेपाली बिद्यार्थी

(यो बर्गभित्र सबै जसो बिद्यार्थी पर्छन । लाखौं खर्च (ऋण धन) गरेर अष्ट्रेलिया पढ्न आएका तर पढाईसँगै घरको ऋणले थिचिएका । चर्को फि र रोजगारीको अभाबमा पुरै समय तनाबमा बिताउन वाध्य ।

तै पनि जसो तसो पढाईलाई निरन्तरता दिने र सके सम्म ऋण पनि चुक्ता गर्ने साहसी बर्ग ।

२) मध्यम बर्ग
बिद्यार्थीबाट भर्खरै भर्खर छुटकारा पाएको । स्थायी बसोबासको कागज हात पारेको या पार्ने तर्खरमा रहेको बैंंकमा ५-१० प्रतिशत जती जम्मा गरेर या अलि अलि जग्गा हुनेले नेपालतिरको अँश बेच बिखन गरेर आफ्नै नामको घरमा सरेको । पाए त के-के न गर्थे भन्ने सोचेको तर आफ्नै पढाई अनुसारको क्षेत्रमा बिक्न नसकेको । अलि अलि frustrate भएको । घन्टे काम हानेर जिन्दगीसँगै परिवारको गुजारा र बैंकको ऋण कटाउदै जाने र भोली बिदा हो भन्ने दिन श्रीमतीसँग अनुमति लिएर घरमा या नजिकैको पार्कमा २–४ जना भेला गरेर मासु पोल्ने र बियर तान्ने हैसियत बनाएको ।

३) कुलिन वर्ग

आफ्नै Business गर्ने या सरकारी जागिर खाने । १ वा १ भन्दा धेरै घर हुने । सकेसम्म अरुको कुभलो चिताउने । पैसाको रवाफ देखाउने । इज्जतलाई पैसाले किन्न खोज्ने । पैसैले राजनीति गर्न खोज्ने । सबै भन्दा देश प्रेमी मै हुँ भन्ने । त्यस्को जनाउ बेला बेलामा फेसबुकमा स्टाटसमा लेखेर दिने । यसो बेला मौकामा ढाका टोपी र दौरा सुरवाल लगाएर राष्ट्रभक्ति भावमा केपी ओली लाई पनि जित्ने !

खल्तिमा अष्ट्रेलियाको नागरिकता सधैं बोक्ने । नेपाल पुग्नासाथ एयरपोर्टमा नेपालीको लाइनमा उभिने र परि आएमा नेपाली नागरिकता देखाउने ।

आफु संलग्न पार्टीको क्रियाशील सदस्यता खुसुक्क नबिकरण गराउने !

लेवी नियमित तिर्ने ।

बेला मौकामा चन्दा पनि दिने …

यि माथि उल्लेखित भन्दा अरु कुनै बर्गका नेपालीहरु पनि अष्ट्रेलियामा छन भने थप्दै जानु होला ! धन्यवाद !

वि.सं.२०७६ पुस २५ शुक्रवार १४:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
श्रमिक दिवस र ट्रेड युनियन आन्दोलनको अभिभारा

श्रमिक दिवस र ट्रेड युनियन आन्दोलनको अभिभारा

अचुतकुमार ओझा, काठमाडौँ । आज मे डे अर्थात् श्रमिकले दृढ...

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

लगानी सम्मेलनको अपेक्षा र भावी गन्तव्य

डा गोविन्दराज पोखरेल समाजवादोन्मुख अर्थतन्त्रको विकासका लागि ठूलोमात्रामा लगानीको आवश्यकता...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

दीपेन्द्रबहादुर क्षेत्री काठमाडौँ । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा

ईश्वर पोखरेल, काठमाडौँ  मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि जेठा...

यसरी रोक्न सकिन्छ युवा पलायन 

यसरी रोक्न सकिन्छ युवा पलायन 

प्रेमलकुमार खनाल औषत वार्षिक १० लाख युवा कामको खोजीमा विदेशीन...

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

यस्तो छ दक्षिण कोरिया आर्थिक विकासको सुत्र

पार्क थेयङ, काठमाडौँ । नेपालमा आगामी वैशाख १६ र १७...