back
CTIZAN AD

अष्ट्रेलियामा रहेका यी तीन वर्गका नेपाली

वि.सं.२०७६ पुस २५ शुक्रवार

762 

shares

ल आउनुहोस् आज मान्छेका बर्गका कुरा गरौ । माक्र्सबादले भनेजस्तो बर्गको कुरा होइन है यो ! माक्र्सबादले मनुश्यलाई कती वटा बर्गमा बिभाजित गर्छ त्यतातिर नजाउ ! आज अष्ट्रेलियामा भएका नेपालीहरुको बर्गिकरण गरौ

१) निम्न बर्गका नेपाली (आयका हिसाबले )
नेपाली बिद्यार्थी

(यो बर्गभित्र सबै जसो बिद्यार्थी पर्छन । लाखौं खर्च (ऋण धन) गरेर अष्ट्रेलिया पढ्न आएका तर पढाईसँगै घरको ऋणले थिचिएका । चर्को फि र रोजगारीको अभाबमा पुरै समय तनाबमा बिताउन वाध्य ।

तै पनि जसो तसो पढाईलाई निरन्तरता दिने र सके सम्म ऋण पनि चुक्ता गर्ने साहसी बर्ग ।

२) मध्यम बर्ग
बिद्यार्थीबाट भर्खरै भर्खर छुटकारा पाएको । स्थायी बसोबासको कागज हात पारेको या पार्ने तर्खरमा रहेको बैंंकमा ५-१० प्रतिशत जती जम्मा गरेर या अलि अलि जग्गा हुनेले नेपालतिरको अँश बेच बिखन गरेर आफ्नै नामको घरमा सरेको । पाए त के-के न गर्थे भन्ने सोचेको तर आफ्नै पढाई अनुसारको क्षेत्रमा बिक्न नसकेको । अलि अलि frustrate भएको । घन्टे काम हानेर जिन्दगीसँगै परिवारको गुजारा र बैंकको ऋण कटाउदै जाने र भोली बिदा हो भन्ने दिन श्रीमतीसँग अनुमति लिएर घरमा या नजिकैको पार्कमा २–४ जना भेला गरेर मासु पोल्ने र बियर तान्ने हैसियत बनाएको ।

३) कुलिन वर्ग

आफ्नै Business गर्ने या सरकारी जागिर खाने । १ वा १ भन्दा धेरै घर हुने । सकेसम्म अरुको कुभलो चिताउने । पैसाको रवाफ देखाउने । इज्जतलाई पैसाले किन्न खोज्ने । पैसैले राजनीति गर्न खोज्ने । सबै भन्दा देश प्रेमी मै हुँ भन्ने । त्यस्को जनाउ बेला बेलामा फेसबुकमा स्टाटसमा लेखेर दिने । यसो बेला मौकामा ढाका टोपी र दौरा सुरवाल लगाएर राष्ट्रभक्ति भावमा केपी ओली लाई पनि जित्ने !

खल्तिमा अष्ट्रेलियाको नागरिकता सधैं बोक्ने । नेपाल पुग्नासाथ एयरपोर्टमा नेपालीको लाइनमा उभिने र परि आएमा नेपाली नागरिकता देखाउने ।

आफु संलग्न पार्टीको क्रियाशील सदस्यता खुसुक्क नबिकरण गराउने !

लेवी नियमित तिर्ने ।

बेला मौकामा चन्दा पनि दिने …

यि माथि उल्लेखित भन्दा अरु कुनै बर्गका नेपालीहरु पनि अष्ट्रेलियामा छन भने थप्दै जानु होला ! धन्यवाद !

वि.सं.२०७६ पुस २५ शुक्रवार १४:५४ मा प्रकाशित

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत सोंच र व्यवहार नै लोकतन्त्रको जग

प्रणालीगत दृष्टिकोण एउटा समस्या समाधान गर्ने विधि हो जसले व्यक्तिगत...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...