
१ माघ, मुगु । मुगु जिल्लामा एक सुत्केरी आमाको मृत्यू भएपछि शिशुको बिचल्ली भएको छ ।
गत बुधबार छाया“नाथ रारा नगरपालिका-१० स्थित जिउला गाउ“की ३५ बर्षिय धनरुपा बिकको सुत्केरी अबस्थामा ज्यान गएपछि जन्मेको शिशुको बेहाल भएको हो ।
घरमा सुत्केरी हुन नसकि जिल्ला अस्पाताल ठिनीमा ल्याउदै गर्दा अत्याधिक रक्तश्रापका कारण बीच बोटोमै आमाको मृत्यु भएपछि नवजात शिशुको विचल्ली भएको छ ।
आमाको मृत्यू भएपछि नवजात शिशु छोरीको बिचल्ली भएको बुबा रामबहादुर बिकले बताए । आमाको मृत्यू भएपछि जन्मेको सातै दिनसम्म शिशुको ज्यान बचाउन धौ-धौ भई रहेको उनको भनाई छ ।
मृतक धनरुपाबाट जन्मेको यो शिशु पा“चौ हो र चार बच्चा जीवितै भएपनि आमाको मृत्यू भएपछि उनीहरुको पनि पालन पोषण गर्न बुबालाई गाह्रो भएको छ ।
नवजात शिशुलाई दूध खुवाउन पालन पोषण गर्न निकै मुश्किल भएको बिकले बताए । गाउँका महिलाले अकल झुकल स्तनपान गराए पनि भएपनि भोकले रातभरी रुने गरेको हुदा बचाउन कठिन हुन थालेको उनले सुनाए । जिउला गाउँ जिल्ला सदरमुकाम देखि २ घण्टा टाढा पर्ने गरेको छ ।
अहिले उक्त शिशुको अवस्था बेहाल रहेको छ । एकातिर मृतकको काजकिरिया गर्नु परेको हुदा शिशुको स्याहार सुसारमा झन बाधा परेको छ । शिशुको बेहाल अबस्था हुन थालेपछि गाउ“ले पनि चिन्तित भएका छन् ।
रामबहादुरको बच्चाको बेहाल भएको जिउलाको गाउँका रामसिह बिकले सुनाए । एकातिर गरिव अर्कोतिर बच्चा र बुबाको बिचल्ली भएको देख्दा आशु बग्ने उनको भनाई छ ।
जन्मे देखि आमाको दुध खान नपाएका उक्त शिशुको शरिर दिनप्रति दिन सुक्दै गएको छ । गाउँमा गाई भैसीको दूध पनि नपाउने र यदी मुश्किलले पाएको खण्डमा शिशुलाई खुवाउन मुश्किल हुने गरेको छ । शिशुलाई सरसफाई गर्न पनि उत्तिकै अप्ठेरो भएको छ ।
पत्नीको मृत्यूले श्रीमान रुदै दिन कटाउन थालेपछि नवजात शिशु सहित अरु बच्चालाई स्याहार सुसार गर्न मुश्किल भएको छ ।
भारी हिमपातका कारण संचार नेटवर्क बन्द भएको अबस्थामा मृतक धनरुपालाई सुत्केरी व्यथा लागेको र घरमा बच्चा पाउन नसकेपछि अस्पताल ल्याउदै गर्दा रक्तश्राबले बाटोमै ज्यान गएको थियो । संचार नेटर्वक भइदिएको भए जिल्ला अस्पतालबाट एम्बुलेन्स बोलाएर तत्काल उद्धार गर्न सकिने स्थानीयको भनाई छ ।
जिउला गाउँदेखि आघा घण्टा टाढा झाकोट गाउँमा बर्थिङ सेन्टर भएपनि जिल्ला अस्पताल पु¥याए झन राम्रो होला भन्ने सोचका कारण अस्पताल लैजादै गर्दा गर्दा बाटोमा ज्यान गुमाउनु पर्ने अबस्था आएको परिवारको भनाई छ ।
वि.सं.२०७६ माघ १ बुधवार ०९:४६ मा प्रकाशित