१ माघ, काठमाडौँ । सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमीटेडले विभिन्न पदको लागि दक्ष सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरूको माग गरेको छ ।
मिनभवन स्थित उक्त संस्थाले लेखा अधिकृतमा १, बजार अधिकृतमा १, कर्जा अधिकृतमा १, रिसेप्सनमा १, बजार प्रतिनिधिमा ८ र कार्यालय सहयोगीमा १ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाण पत्र नागरिकताको प्रतिलिपी र २ प्रति पिपी साइजको फोटो सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।
विस्तृत जानकारीका लागि फोन नं. ०१–४४७६४८५ तथा ईमेलः [email protected] मा सम्पर्क गर्नुपर्ने सूचना दिइएको छ ।
वि.सं.२०७६ माघ १ बुधवार १०:५९ मा प्रकाशित