back
CTIZAN AD

अपडेट : युएईमा बस दुर्घटनामा परेर मृत्यु भएका तीन र घाईते १४ नेपालीको पहिचान खुल्यो

वि.सं.२०७६ माघ ३ शुक्रवार

807 

shares

३ माघ, युएई । युएईमा बस दुर्घटनामा परेर मृत्यु हुने तीन नेपालीको पहिचान खुलेको छ ।

बिहिबार बिहान साढे ५ बजे डिउटी जाने क्रममा २४ कामदार बोकेको बस दुर्घटना हुँदा ६ जना कामदारले ज्यान गुमाएका थिए । जसमा प्युठानकी भावना कुँवर, झापाकी कृष्ण कुमारी अधिकारी र ठेगाना नखुलेकी अमिसा मोक्तानको मृत्यु भएको र तीनजना अन्य देशका कामदार रहेको नेपाली दूतावास युएईले जनाएको छ ।

युएईको एमबीएमक क्लिनिङ कम्पनीमा कार्यरत कामदार बोकेको उक्त बिहिबार आबुधाविको अल रहा क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनामा तीन नेपाली सहित बसका चालक एक पाकिस्तानी पुरुष, एक श्रीलंकन र एक अफ्रिकी महिला कामदार रहेको बताइएको छ ।

२४ जना कामदार चढेको बसमा १७ जना नेपाली रहेका थिए । दुर्घटनामा घाईते भएका १४ नेपालीमध्ये सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा इलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै मकवानपुर टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्माको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । चितवनकी निर्मला प्रजा सोहि अस्पतालमा सामान्य उपचारपछि कम्पनीको क्याम्पमा फर्केकी छन् ।

त्यसैगरी नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा, हेटौडाकी मिना सिंहको अलराह अस्पतालमा उपचार हुँदैछ । घाईते मध्ये सरिता तामाङको अवस्था गम्भीर रहेको छ ।

घटना भएलगत्तै नेपाली दूतावास युएईका राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर भेषबहादुर कार्कीलगायतका कर्मचारी घाइते उपचाररत अस्पताल पुगेका थिए । राजदूत ढकालले अस्पतालमा ट्रमा सेण्टरका डाक्टर तथा कम्पनीका प्रतिनिधिसँग भेटेर घाईतेको अवस्थाबारे जानकारी लिएका थिए । साथै घाइते कामदारको उपचारसम्बन्धमा कम्पनीले कुनै कसुर बाँकी नराख्ने बताएको श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिएका छन् ।

युएईमा नेपाली कामदार बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

वि.सं.२०७६ माघ ३ शुक्रवार ०८:३८ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...