माघ १४ , तानसेन । पाल्पाको बगनासकाली गाउँपालिकाले असल बुहारीलाई सम्मान गरेको छ ।
समाजमा बुहारी बनेर असल भूमिका निर्वाह गरेका बगनासकाली ८, बराङ्दीका चार जना बुहारीलाई गाउँपालिकाले सम्मान गरेको हो । सम्मानित हुने असल बुहारीमा सीता बस्याल, टुकादेवी घिमिरे, कृष्ण देवी बस्याल र मीना बस्याल रहेका छन् । उनीहरुलाई गाउँपालिकाले नगद र सम्मानपत्रले सम्मान गरेको हो ।
सासुबुहारीसागै बसेका, वृद्धवृद्धालाई असल व्यवहार गरेका , वृद्धाहरुको हेरचाह , माया , स्नेह र खानपानमा ध्यान दिएका बुहारीहरुलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए ।
समाजमा वृद्धवृद्धाहरु नयाँ पुस्ताबाट हेपिँदै गएको र पुराना पुस्ता एक्लो हुने अवस्थालाई निरुत्साहित गर्न असल बुहारी छनोट गरेर सम्मान गरिएको उनले बताए । मंगलबारको गोरखापत्र दैनिकबाट
वि.सं.२०७६ माघ १४ मंगलवार ०७:५८ मा प्रकाशित






























