back
CTIZAN AD

एमसीसी अस्तिनै पास भइसक्नु पर्ने थियोः प्रधानमन्त्री ओली

वि.सं.२०७६ माघ १५ बुधवार

750 

shares

१५ माघ, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) सम्झौताका विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताएका छन् । बुधवार राष्ट्रियसभा गृहमा नेकपाको केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै ओलीले लामो प्रकृया पूरा गरेर अमेरिकासँग सम्झौता गरिएको र त्यो राष्ट्र हित विपरित नभएको बताए ।

एमसीसी सम्झौता गर्दा संसदबाट पास गर्नुपर्ने व्यवस्था राखिएको भन्दै ओलीले यो अस्तिनै पास भइसक्नु पर्ने विषय भएको बताए । ‘यो अस्तिनै पास भइसक्नु पर्ने थियो’ ओलीले भने,‘ विवाद पनि भएको छ । र, खर्च पनि हामीले व्यहोर्न पर्ने भएको छ ।’

तत्कालीन परराष्ट्र मन्त्री कृष्णबहादुर महराले तत्कालीन समयमा भएको वार्ताका क्रममा संसदबाट अनुमोदन गर्न र सरकारबाट पास गर्न पनि समस्या हुँदैन भनेको बताउँदै प्रधानमन्त्री ओलीले त्यसपछि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिका गएर सम्झौता गरेको स्पष्ट पारे ।

‘धेरै विवाद गर्नुपर्ने विषय होइन । यो सहायता हो । नेपाललाई अपमान गर्ने र होच्याउने कुरा छैन’ ओलीले भने,‘ जुन सम्झौता गरेका छौं त्यससँग मात्र सम्बन्धित छ एमसीसी । अरुसँग यसको लिंक छैन । पाँच वर्ष भित्र गरिसक्नु पर्ने छ । कार्यक्रम सकिएन भने काम जहाँ भएको छ त्यहाँ रोकिन्छ ।’

एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडिरहनु पर्ने आवश्यकता नभएको बताउँदै ओलीले भने,‘ एमसीसीलाई इन्डोप्यासिफिक रणनीतिसँग जोडिरहनु बेकार हो । कुन देशको के इन्ट्रेस्ट छ भन्ने तरि जाने होइन । हाम्रो प्राथमिकतामा ग्रहण गर्ने हो । अरुका निमित्त गर्ने होइन । हाम्रा लाभका लागि गर्ने हो । अरुका के इन्ट्रेष्ट होला भनेर त्यसको पछाडि जाने कुरा उपयुक्त होइन । ’

वि.सं.२०७६ माघ १५ बुधवार १४:१६ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...