back
CTIZAN AD

सुन्तला खेतीबाटै रु ७० लाख आम्दानी

वि.सं.२०७६ माघ १५ बुधवार

987 

shares

१५ माघ, रुकुमपूर्व । यस जिल्लामा वर्ष रु ७० लाख बराबर सुन्तला उत्पादन भएको छ । अनुमानित रु ४० लाख बराबरको सुन्तला बिक्री भइसकेको छ भने रु ३० लाख बराबरको सुन्तला अझै पनि बिक्री हुन बाँकी रहेको सिस्ने गाउँपालिका–८ का वडाध्यक्ष खर्कसिंह थापाले जानकारी दिए ।

सिस्नेका वडा नं ७ र ८ का झिमखोला, लम्पाकोट, भुरुङ्गा, स्यालापाखा, सानचौर, गोठिचौरलगायत ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ । यस क्षेत्रमा गत वर्ष पनि रु ८० लाख बराबरको सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा सुन्तला उत्पादनमा केही कमी आएको कृषकले बताएका छन् । विभिन्न रोगका कारण सुन्तला उत्पादन घट्दै गएको उनीहरुको भनाइ छ ।

सुन्तला राम्रो उत्पादन भए पनि यहाँको सुन्तलाले बजार भने पाउन सकेको छैन । ढुवानी र बजार समस्या हुने गरेकाले यहाँको सुन्तला कुहिएर खेर गइरहेको कृषकले जनाएका छन् । बारीमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम रुकुमकोट, दाङ र रुकुम –पश्चिम) को सदरमुकाम मुसिकोटसम्म पुग्ने गरेको छ । डोकामा बोकेर बिक्रीका लागि सुन्तला बजारसम्म पु¥याए पनि राम्रोसँग नबिक्ने र कसैले किने पनि सोचेजस्तो मूल्य नपाउने गरेको कृषकको गुनासो छ ।

गत वर्ष धेरै सुन्तला कुहिएर खेर गएका वडा नं ८ का वडा सदस्यसमेत रहेका  कृषक महेश विकले बताए । अहिले गाउँमा कृषि सडक पुगेसँगै सुन्तला ढुवानीमा केही मात्रामा सहज भएको उनको भनाइ छ । यसैगरी सोही ठाउँमा अर्का रामकुमार पुनले यस वर्ष सुन्तलाबाटै रु पाँचदेखि सात लाखसम्म आम्दानी गरेको बताए ।

यस्तै अर्का सुन्तला उत्पादक किसान गोपाल पुनले पनि सुन्तला उत्पादनबाटै रु चार लाख आम्दानी गरेको जानकारी दिए । “उत्पादित सबै सुन्तला बिक्री हुने भए आम्दानी पनि अझै बढ्न जान्थ्यो”, उनले भने “समयमै सुन्तलाले बजार पाउँदैन, सङ्कलनका लागि गाउँमा चिस्यान केन्द्र छैन ।” परम्परागत शैलीमै सल्लाको कुसुम र पराललमा सुन्तला राख्दा आधा सुन्तला कुहिएर खेर जाने गरेको उनको भनाइ छ ।

सुन्तला उत्पादनबाट राम्रो लाभ लिन सक्ने भए पनि पछिल्लो चरणमा भने विभिन्न रोगका कारण उत्पादनमा कमी आएको कृषक बताउँछन् । सुन्तला खेती फस्टाउन स्थानीय सरकारले पनि प्राविधिक तथा रोग पहिचान गरेर निराकरणका लागि सहयोग गर्नुपर्ने किसानको माग छ । सिस्ने–८ लाई सुन्तलाको पकेट क्षेत्र पनि घोषणा गरिएको छ । उक्त क्षेत्रलाई प्रदेश नं ५ सरकारले कृषि स्मार्ट गाउँ पनि घोषणा गरेर काम अगाडि बढाएको छ ।रासस

वि.सं.२०७६ माघ १५ बुधवार १४:१४ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...