back
CTIZAN AD

समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छ- प्रधानमन्त्री

वि.सं.२०७६ माघ १६ बिहीवार

711 

shares

१६ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताएका छन् ।

वसन्तपञ्चमीका अवसरमा उनले बुधबार दिएको शुभकामना सन्देशमा सरकारले नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाउँदै लगेको बताउँदै प्रधानमन्त्री ओलीले समाजमा सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेकामा जोड दिएका छन् ।

उनले वैदिक कालदेखि नै प्रज्ञाप्रकाशको प्रतीकका रुपमा सरस्वती पूरा गरी मनाइँदै आएको यस पर्वका अवसरमा काव्यविनोदी स्रष्टा, सर्जक, साहित्य, सङ्गीत, कला साधक तथा ज्ञानका अध्येतामा समेत शुभकामना व्यक्त गरेका छन् ।

“वैदिक मान्यताअनुसार सरस्वतीका शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ, त्यसैले उनको वीणाबाट ब्रह्माण्डमा स्वर, सङ्गीत, ताल र लयको, शब्दबाट ज्ञानको र अक्षरबाट भावको उत्पत्ति भएको मानिन्छ, सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले समेत पूजा गर्ने गरेका छन्, यसरी असल वा खराबको पहिचान गर्ने प्रकाशमय बुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ”, सरस्वती पूजाका अवसरमा दिइएको उनको सन्देशमा उल्लेख छ ।

सन्देशमा भनिएको छ, “यस दिनलाई ससाना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको प्राकृतिक काल विभाजनसँग पनि सम्बन्ध छ । सोअनुसार एक वर्षलाई छ ऋतुमा विभाजन गरी माघ शुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ । वसन्तऋतुलाई सृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ ।

वसन्त शुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रङ्गीन पुतलीहरुको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ । सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञानशास्त्रीय प्रचलन छ ।”

वि.सं.२०७६ माघ १६ बिहीवार ०९:०७ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...