back
CTIZAN AD

नायिका रेखा प्रश्न गर्छिन्–’जन्मदेखि मृत्युसम्म छोरीको नामथर किन उहि हुन सक्तैन ?’

वि.सं.२०७६ माघ १६ बिहीवार

681 

shares

नायिका रेखा थापाले छोरीको जन्मदेखि मृत्युसम्म नामथर किन उहि हुन सक्तैन भन्ने प्रश्न गरेकी छन् ।

‘छोरीको परिचय कसैसँग जोडीएर शुरुवात हुन्छ वा उनी आँफैमा पूर्ण मानव हुन् ?’ नायिका थापाले प्रश्न गरेकी छन्, ‘एउटा पुरुष सन्तान जन्मदेखी मृत्युसम्म एउटा परिचय र पहिचानको सुबिधा बाँच्न पाइरहदा, सोही घर कि छोरीले आफ्नो परिचय बनाउदै भत्काउदै गर्नु पर्ने किन हुन्छ ?’

छोरी भएर जन्मिने हरेक मानवले गुज्रिनु पर्ने बाटो जन्जालको रहेको बताउँदै नायिका थापाले महिला सदस्य हुनु पहिले एउटा छोरीले त्यति अवरोध र अनुभव झेल्नैपर्छ जति पुरुषले जीवनकाल भोग्नु पर्दैन भन्ने कुरा पनि सामाजिक संजालमार्फत् उठाएकी छन् ।

‘समाजले महिला बनाउन तालिम दिने गरी तयार गरेको व्याकरण र शब्दकोष यस्तै रहुन्जेल कोही छोरी आफ्नो पहिचान र परिचयमा आत्मनिर्भर हुने छैनन । सामाजिक पृष्ठभुमिमा हामी समानताको खेल खेल्न सक्छौ ?, बिचार गर्न जरुरी छ कि जन्मदेखी मृत्युसम्म छोरीको नाम थर उही हुन किन सक्दैन ?’ नायिका थापाले भनेकी छन् ।

यस्तो लेखेकी छन् नायिका थापाले
परिचय ? छोरीको परिचय कसै सँग जोडीएर शुरुवात हुन्छ वा उनी आँफैमा पूर्ण मानव हुन् ? एउटा पुरुष सन्तान जन्मदेखी मृत्युसम्म एउटा परिचय र पहिचानको सुबिधा बाँच्न पाइरहदा, सोही घर कि छोरीले आफ्नो परिचय बनाउदै भात्काउदै गर्नु पर्ने किन हुन्छ ? के परिचयको समर्पण र त्याग छोरीको निम्ती अपरिहार्य आवश्यकता हो ? जन्म दर्ताको किताब, बिद्यालयको भर्ना, योग्यताको प्रमाण, नागरिकतामा उल्लेखित नाम थर र सवारि चालक अनुमती पत्रमा भएको नाम भत्काउनु जरुरी छ ?

विवाह र परिवार रुपी संस्थाको हिस्सा बन्नको निम्ती छोरीको परिचय भत्किनु उपलब्धी हो ? महिला बन्ने योग्यताभित्र त्याग अर्थपूर्ण गुण हो ? पटक-पटक बन्नु र भत्किनु पर्ने यो लीलाभित्र हामी छोरीको जन्मसंगत स्व अस्तित्व देख्छौ ? छैन, किनकी अहिले छोरी भएर जन्मने, हुर्किने र शिक्षित हुने बिद्यालयको पाठ्यक्रम उनिहरुको स्व अस्तित्व मार्ने ढाचामा बनेको छ । छोरी भएर जन्मिने हरेक मानवले गुज्रिनु पर्ने बाटो जन्जालको छ । बुहारी, आमा र महिला सदस्य हुनु पहिले एउटा छोरीले त्यती अबरोध र अनुभव झेल्नै पर्छ जती एक पुरुषले जीवनकाल भर भोग्नु पर्दैन । समाजले महिला बनाउन तालिम दिने गरी तयार गरेको व्याकरण र शब्दकोष यस्तै रहुन्जेल कोही छोरी आफ्नो पहिचान र परिचयमा आत्मनिर्भर हुने छैनन । सामाजिक पृष्ठ भुमिमा हामी समानता को खेल खेल्न सक्छौ त ? बिचार गर्न जरुरी छ कि जन्म देखी मृत्यु सम्म छोरीको नाम थर उही हुन किन सक्दैन ?’ रेखा थापा

वि.सं.२०७६ माघ १६ बिहीवार ०९:२५ मा प्रकाशित

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...