back
CTIZAN AD

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

वि.सं.२०८३ जेठ ६ बुधवार

240 

shares

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

अमेरिकालाई हराउँदै आज पनि स्कटल्यान्ड अङ्क तालिकाको शीर्ष स्थानमा यथावत रहने दाउमा छ । स्कटल्यान्ड ३८ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । त्यसो त अमेरिका पनि स्कटल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । अमेरिका ३६ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।

स्कटल्यान्डको प्लेइङ–११ मा कप्तान रिची बेरिङ्टनसहित जर्ज मुन्से, माइकल इंग्लिस, फिन्ले म्याकक्रेथ, ब्रान्डन म्याकमुलन, म्याथ्यु क्रस (विकेटकिपर), माइकल लिस्क, मार्क वाट, सफयान शरीफ, ओलिभर डेभिड्सन र ज्याक जार्भिस छन् ।

त्यस्तै अमेरिकाको प्लेइङ–११ मा शेहान जयसूर्या, हरमित बधन, रुशिल उगारकर, सैतेजा मुक्कामल्ला (कप्तान), सञ्जय कृष्णमूर्ति, शायन जहाँगिर, मिलिन्द कुमार, सौरभ नेत्रावलकर, शुभम रञ्जने, स्मित पटेल (विकेटकिपर) र नोस्तुश केन्जिगे छन् ।

वि.सं.२०८३ जेठ ६ बुधवार १०:०२ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...