२२ माघ, बाजुरा । जिल्लाको पूर्वी क्षेत्रस्थित हिमाली गाउँपालिका ६ बोल्डिक गाउँ नै रुघाखोकी र भाइरस ज्वरोले प्रभावित भएको छ ।
विगत एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले गाउँका २ सय १५ जना एकैसाथ बिरामी परेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
९० परिवार बसोबास रहेको सो गाउँका सबै बालबालिका रुघाखोकी र भाइरल ज्वरोका कारण बिरामी भएपछि पठनपाठनसमेत प्रभावित भएको छ । बुधबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ माघ २२ बुधवार ०८:०७ मा प्रकाशित






























