back
CTIZAN AD

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

वि.सं.२०८३ जेठ ५ मंगलवार

321 

shares

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ ।

विज्ञहरूले स्नातक तहअन्तर्गत सूचना प्रविधि विषयको पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाई उद्योग तथा व्यापारिक प्रतिष्ठानको माग सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

यसै सन्दर्भमा सूचना प्रविधि तथा सफ्टवेयर कम्पनीहरूको साझा संस्था ‘नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज’ (नास–आइटी)द्वारा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा विषय विज्ञहरूले समयानुकुल दक्ष जनशक्ति उत्पादनका लागि नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्ने खाँचो औँल्याए ।

सो अवसरमा नास–आइटीका अध्यक्ष गौरव पाण्डेले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारलाई समेत दृष्टिगत गरी सूचना प्रविधिसम्बन्धी विषयको पाठ्यक्रम तयार गर्नुपर्ने सुझावलाई आत्मसात् गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

अध्यक्ष पाण्डे भन्छन् , “उद्योगले खोजेअनुसारको सीप विद्यार्थीमा नहुँदा एकातिर विद्यार्थी बेरोजगार हुनुपर्ने र अर्कातिर उद्योगले जनशक्ति पाउन नसक्ने समस्याको अन्त्य गर्दै बजारको मागअनुसार जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम निर्माण गर्न लागि परेका छौँ ।”

नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आइटीका प्रमुख डा भोजराज घिमिरेले नयाँ पाठ्यक्रममा एआई, डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षालगायत नयाँ विषयधहरू समावेश हुने जानकारी दिए ।

कार्यक्रममा एआईले सूचना प्रविधि उद्योगलाई आमूल रूपमा रूपान्तरण गरिरहेको अवस्थामा नयाँ पाठ्यक्रममार्फत समस्या समाधान गर्ने क्षमता, डेटा बुझाइ, क्रिटिकल थिङ्किङ र एआईसँग काम गर्नसक्ने क्षमता राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यसहित ‘स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसी) र स्वीस कन्ट्याक्ट’को वित्तीय तथा प्राविधिक सहयोगमा नयाँ पाठ्क्रम निर्माण प्रक्रिया अघि बढेको हो ।

वि.सं.२०८३ जेठ ५ मंगलवार १६:०३ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...