२३ माघ, मस्कट, ओमान । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमानका वातावरण तथा पर्यावरण मन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् ।
राजदूत ढकालले मन्त्रीको कार्यकक्षमा भेटी २ देखि ४ अप्रिल, २०२० मा काठमाडौंमा आयोजना हुन गइरहेको ‘सगरमाथा सम्वाद’ कार्यक्रममा सहभागी हुनको लागि नेपालबाट पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा राजदूत ढकालद्धारा ‘सगरमाथा सम्वाद’ को उद्धेश्यको बारेमा प्रकाश पारिएको थियो ।
उक्त अवसरमा मन्त्री मोहम्मद विन सलिम विन सेद अल टोवीले निमन्त्रणाको लागि धन्यवाद दिँदै नेपालमा हुन गइरहेको ‘सगरमाथा सम्वाद’ को सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरेका छन् ।
मन्त्री टोवीले सगरमाथा संम्वाद कार्यक्रममा सहभागीता जनाउने तथा नेपाल भ्रमण गर्ने इच्छा पनि व्यक्त गरेका छन् ।
उक्त अवसरमा राजदूत ढकाल र मन्त्री टोवीको भेटघाटको क्रममा वातावरण तथा पर्यावरणको क्षेत्रमा नेपाल र ओमानबीच सम्भावित समझदारी तथा समन्वयको विषयमा छलफल भएको जानकारी नेपाली राजदुतावास मस्कटले प्रेस बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।
वि.सं.२०७६ माघ २३ बिहीवार ०८:३६ मा प्रकाशित






























