back
CTIZAN AD

अस्ट्रेलियामा मुसलधारे वर्षाः न्यु साउथ वेल्समा लागेको एक तिहाइ आगो निभ्यो

वि.सं.२०७६ माघ २४ शुक्रवार

750 

shares

२४ माघ, काठमाडौं । अस्ट्रेलियाको डढेलो फैलिरहेको पूर्वी तटीय क्षेत्र न्यु साउथ वेल्स पानी परेको छ । लगातार परेको मुसलधारे पानीले अहिलेसम्म एक तिहाइ डढेलो निभेको र अझै आगो निभाउन सक्ने अधिकारीहरुले बताएका छन् ।

पानी परेपछि न्यु साउथ वेल्समा मात्रै ६० मध्ये २० ठाउँमा लागेको डढेलो निभेको छ । आगो निभाउन सहयोग भएपछि धेरैले खुसियाली मनाएका छन् ।चार महिना भन्दा बढी समयदेखि लागेको अस्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर गएको थियो ।

तर मौसमविद्ले सिड्नीसहित अन्य तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै चेतावनी दिएका छन् । गएको सेप्टेम्बरदेखि अस्ट्रेलियाका विभिन्न ठाउँमा फैलिरहेको डढेलोका कारण अहिलेसम्म ३३ जनाको ज्यान गैसकेको छ भने एक करोड हेक्टर जमिनमा क्षति पुगिसकेको छ ।

अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् । आगलागीबाट मुख्य प्रभावित दक्षिणी क्षेत्रमा मात्र १८ हजार पाँच सयभन्दा बढी हेक्टर जमिन सखाप भइसकेको छ ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १५:१५ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...