back
CTIZAN AD

दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु

वि.सं.२०७६ माघ २४ शुक्रवार

687 

shares

२४ माघ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।
घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए ।

घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी सहायक निरीक्षक पन्तले भने, “आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ ।”

उनले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय पब्लिक बोर्डिङ स्कूलमा कक्षा–५ मा अध्ययनरत थिइन ।

वि.सं.२०७६ माघ २४ शुक्रवार १५:२८ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...