२४ माघ, काठमाडौं । नेपाल दुरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेड बीच पेमेन्ट गेटवे सेवाका लागि बिशेष सम्झौता भएको छ । नेपाल टेलिकमले आनो १६ औं बार्षिकोत्सबको बिशेष अवसर पारेर नबिल बैंकसंगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको हो ।
यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको website मा रहेको Card Payment सुविधा मार्फत सम्पूर्ण Visa तथा Mastercard हरुको प्रयोग गरी हाललाई Postpaid तथा Prepaid मोबाइल Recharge/Top-Up गर्न सक्ने छन । निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने जनाईएको छ ।
बिशेष समारोहबीच सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत श्री भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत श्री बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै टेलिकमका प्रमुख व्यवसायिक अधिकृतले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको यो सेवा मार्पmत संसारको कुनै पनि कुनाबाट VISA तथा Master Card प्रयोग गरी नेपाल टेलिकमको मोबाइल Recharge वा Balance Top-up गर्न सकिने भएकोले ग्राहकहरुलाई सेवा प्रयोग गर्न निकै सहज हुनेछ भन्ने विश्वास लिईएको जानकारी गराए । हाललाई प्रिपेड तथा पोस्टपेड मोबाईलबाट सुरुवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरु खरिद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिने छ ।
नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृतले नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यो सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएको तथा यस कार्यले आफुहरुलाई थप जिम्मेवार बनाएको जानकारी गराएका छन ।
नेपालमा दुरसंचार सेवा प्रदान गरेको १०० बर्ष भन्दा बढी अनुभव बनाई सकेको नेपाल टेलिकमले मोबाइल सेवाको संचालन सन् १९९८ देखि र नबिल बैंकले कार्ड सेवा सुविधा सन् १९९० देखि संचालनमा ल्याएको हो । लामो ऐतिहासिक पृष्ठभूमि भएका यी दुवै संस्थाका सेवाबाट नेपालका करोडौ सेवाग्राहीहरू लाभान्वित हुदै आएका छन ।
सन १९८४ देखि आफ्ना ग्राहकहरुलाई समय अनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकका ११२ शाखा १६० ए. टि. एम. र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् । साथसाथै बैंकले देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास लिएको जनाएको छ ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १५:२९ मा प्रकाशित






























