back
CTIZAN AD

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

वि.सं.२०८३ वैशाख ३१ बिहीवार

1.1K 

shares

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि निक्षेपको ब्याजदर विवरण सार्वजनिक गरेका छन् ।

बिहीबार सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेप दुवैतर्फ औसत ब्याजदर घटेको हो ।

नेपालका २० वाणिज्य बैंकमध्ये ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपतर्फ वैशाख महिनामा औसत ब्याजदर ४.४० प्रतिशत रहेकोमा जेठका लागि घटेर ४.३ प्रतिशतमा झरेको छ । यस अनुसार औसत ब्याजदर ०.०६ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै, संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदर ३.२३ प्रतिशतबाट घटेर ३.२ प्रतिशत कायम भएको छ ।

जेठ महिनाका लागि ब्याजदर घटाउने बैंकहरूमा सिटिजन्स इन्टरनेशनल बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, एनएमबी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।

यता कृषि विकास बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल एसबीआई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र सिद्धार्थ बैंकले भने अघिल्लो महिनाकै ब्याजदर कायम राखेका छन् ।

बैंकहरूमध्ये जेठ महिनाका लागि एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ४.८ प्रतिशत ब्याजदर कायम गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर ४.७५ प्रतिशत रहेको छ । यी दुई बैंकको ब्याजदर अन्य बैंकको तुलनामा उच्च देखिएको छ ।

सबैभन्दा कम ब्याजदर भने कुमारी बैंकको ३.९६ प्रतिशत रहेको छ ।

बजारमा तरलताको सहज अवस्था र कर्जाको माग अपेक्षाकृत कमजोर रहेकाले बैंकहरूले ब्याजदरमा सामान्य कटौती गरेको विश्लेषण गरिएको छ ।

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...