एनएमबी बैंक लिमिटेड र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी नेपाल तथा नेपाल उद्यमशील महिला महासंघबीच संघका सदस्यहरुको क्षमता हभिवृद्धि, वित्तीय परामर्श खाता सञ्चालन तथा कर्जा सहुलियत सहितका विविध क्षेत्रका गतिविधिहरुमा साझेदारी स्थापना गर्ने गरी द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा एनएमबी बैकका तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुनिल केसी, र नेपाल हाते कागज उद्यमी संघका तर्फबाट अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघ नेपालका तर्फबाट अध्यक्ष बुद्धि पुर्जामगर तथा नेपाल उद्यमीशील महिला महासंघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा सहमतिपत्रमा हस्ताक्षर गरे ।

बैंकले परम्परागत बैकिङभन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिन आफ्ना स्रोत र साधनलाई परिचालन गरिरहेको बैकका प्रमूख कार्यकारी अधिकृत केसीले बताए । साना तथा मझौला कर्जा, कृषि कर्जा, जलस्रोत कर्जा, उद्यमशिल विकास प्रवर्दन गर्न सहुलियतपूर्ण कर्जा आदिमा बैंकले विशेष जोड दिर्दै आएको उनको भनाइ थियो ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै एनएमबी बैंकका अध्यक्ष पवन कुमार गोल्याणले आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिबृद्धि गर्न बैंक मूल्य मान्यतामा आधारित बैकिङ र दिगो बैंकिङको सिद्धान्तमा उभिएको बताए ।

नेपाल सरकारको समृद्ध नेपाल बनाउने बृहत लक्ष्यलाई साकार पार्न यो समझदारी कोशेढुङ्गा सावित हुने उनले बताए ।
वि.सं.२०७६ माघ २४ शुक्रवार १५:५६ मा प्रकाशित






























