२६ माघ, काठमाण्डौं । कोरोना भाइरसको संक्रमणले आक्रान्त बनिरहेको चीनबाट नेपाली विद्यार्थी ल्याउनु हुन्न, ल्याएपनि उपत्यकामा राख्न नहुने तथा अमेरिकाले यस्तो भाइरस फैलाएको भन्ने नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेको भनाई सार्वजनिक भएपछि फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलले यस्तो जवाफ दिएकी छन् ।
स्तो अफवाह नफैलाउन नेता बिजुक्छेलाई आग्रह गर्दै उनले भनेजस्तो अमेरिकाले चीनमा कोरोना भाइरस आक्रमण गराएको कुनै पुष्टि नभएको र पुष्टी विनाको कुरा नबोल्न आग्रह गरेकी छन् ।
नेता बिजुक्छेको यस्तो भनाई मिडियामा सार्वजनिक भएपछि पौडेलले सामाजिक संजालमा यस्तो लेखेकी हुन् ।
पौडेलको भनाई जस्ताको तस्तै
अफबाह नफैलाम् न बिछुक्छे सर : अमेरिकाले चीनमा कोरोना भाईरस आक्रमण गराएको कुनै पुष्टि भएको छैन । पुष्टि बिनाको कुरा नबोलम् । हिजो एक अमेरिकी नागरिक चीनमा कोरोना कै कारण मरेका छन् । प्रकृतिको बढ्दो दोहन, जनावरहरुको तस्करी, पृथ्वीको बढ्दो तापक्रम र तापक्रम अनुसार आफ्नो गुण परिवर्तन गर्न सक्ने भाईरसको क्षमता, आदीले सुतेका भाईरसहरु जाग्दा मानबिय जीवनलाई सँकटमा पारेका छन् । यो भन्दा अगाडी पनि हामीले सार्स, ईबोला जस्ता भाईरसहरुको उदय देखिसकेका छौँ । जनावर छुदा मार्दा या उत्खनन हुदा यस्ता भाईरसहरु स्वास प्रस्वास, रगत र्याल आदीका माध्यमबाट मानिसमा सर्दा तिनले आफ्नो जेनेटिक गुण नै परिवर्तन गरेर नया सँसारमा बाँच्न सक्ने क्षमता निर्माण गर्छन् ।
त्यसैले एन्टि बायोटीक उपचार जति भरपर्दो छ एन्टि भाईरल उपचार भरपर्दो हुन्न किनभने उसलाई मार्न सकिन्न । केहि समय सुसुप्त या सुताउने बनाउन सकिन्छ ।
यो पृथ्वीमा चिनिएका र नचिनिएका हजारौँ थरी भाईरस सुतेको अबस्थामा छन् ।
यो भाईरस र व्याक्टेरियाको फरक बिछुक्छे सरले नचिन्नु र जथाभावी बोल्नु अनौठो भयो ।
बिछुक्छे सर तपाईले भने जस्तो यतिबेला चिनियाँ सरकारले बिशेष सेवा दिन सकिरहेको छैन । असाध्य रोगिहरुलाई यति बेला एचआईभी एड्स नियन्त्रणका लागि प्रयोग हुने एन्टी भाईरस प्रयोग गरिएको छ । त्यहा कोरोना भाईरस सँक्रमितहरुको अस्पताल बसाई १४ बाट ४ दिनमा झारिएको छ । किनभने लक्षण देखिएका शुरुका चार दिन बिरामीका लागि निकै महत्वपूर्ण दिन हुने रहेछन् ।
४ दिन सम्म ज्वरो नियन्त्रण नभएमा एन्टि बायोटिकका साथ एन्टि भाईरस चलाईएको छ ।
चाईनाबाट नेपाली बिद्यार्थी अबस्य ल्याउन सकिन्छ तर उनीहरुलाई एक्लाएर राख्नुपर्छ ।
फ्रान्सको उदाहरण हेर्नुहुन्छ भने चीनबाट ल्याईएकाहरुलाई शहरबाट टाढा रहेको कुनै एक होटलमा राखिएको छ । उनीहरु अझै एकान्तमै छन् ।
वि.सं.२०७६ माघ २६ आइतवार १७:३६ मा प्रकाशित






























