२६ माघ, डेनमार्क। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले डेनमार्कस्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।
नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले डेनमार्कमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो ।
सो निर्णय अनुसार मन्चको अध्यक्षमा उदयराज गौतम, सचिवमा कृष्ण धानुक र सदस्यहरुमा कृष्ण पौडेल, सुशील घिमिरे, रुपक पाण्डेय, जयलाल न्यौपाने, शीव कार्की, दिपक सापकोटा, सिद्धार्थ भक्त भण्डारी, कृष्ण प्रसाद सुवेदी
(सागर), कृष्ण पराजुली, लक्ष्मी नारायण न्यौपाने, सकुन्तला सुनाम, जांगृता के.सी., भुवनध्वज थापा, विशाल थापा, प्रदीप पाण्डे, रञ्जना श्रेष्ठ, कृष्ण प्रसाद सुवेदी, भानु पोखरेल, महेन्द्र खड्का, रत्न बुढाथोकी, महेश कुमार खाती, गणेश ढकाल, देवी गौतम, मोहन केसी, लक्ष्मण तिमल्सिना, सूर्य सापकोटा, समीर तामांग, पूर्ण खत्री, राजेश रेग्मी, खुमराज शर्मा (दिपेन्द्र), अनोज अधिकारी र सुपर्ण शर्मा रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।
यसअघि प्रवास समन्वय कमिटीका सह–ईन्चार्ज लक्ष्मण पन्तलाइ ( दक्षिण पूर्वी तथा पूर्वी एशिया ), अध्यक्ष युवराज चौलागाइलाई ( ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया ) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया ) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ
नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?
वि.सं.२०७६ माघ २६ आइतवार १७:५४ मा प्रकाशित






























