back
CTIZAN AD

असहज भयो भन्दै सिंहदरबारमा बसिरहेको बैठकबाट बिचमै उठेर हिँडे प्रधानमन्त्री

वि.सं.२०७६ माघ २६ आइतवार

759 

shares

२६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा सहभागि हुँदै गर्दा असहज भएको भन्दै बिचमै उठेर बालुवाटार हिडेका छन् । ओलीले शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गरेका थिए। मिर्गौलाले प्राकृतिकरुपमा काम गर्न छाडेपछि उनी अहिले सातामा एक पटक डायलाइसिस गरिरहेका छन्।

शनिबारको डायलाइसिसका क्रममा असहज महसुस गरेपछि चिकित्सकहरुले ओलीलाई आइतवार दिनभरि आराम गर्न सुझाएका थिए । तर बालुवाटारमा दिउँसोसम्म आराम गरेका उनी समितिको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका थिए।

बैठकको अध्यक्षता गरेर आफ्ना कुरा राखिसकेपछि ओलीले आफ्नो स्वास्थ्यमा असहज महसुस भएको जानकारी दिएर बैठकबाट निस्किएका हुन् ।

के भने बैठकमा ?
बैठकमा प्रधानमन्त्री ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताए। राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षकोतर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको बताएका हुन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरु पनि सहभागी हुने उक्त बैठकमा प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको कामबाट जनताले पाउने जति लाभ पाउन नसकेको दुखेसो गरे। ओ‌लीले विकासलाई गति दिन सरकारले अहिलेको कार्यशैली फेर्नुपर्ने बताउँदै जनताले बढी भन्दा बढी लाभ लिन सक्ने अवस्था बनाउन पनि उपस्थित सहभागीलाई आग्रह गरे।

वि.सं.२०७६ माघ २६ आइतवार १८:०२ मा प्रकाशित

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

महाशिलाका १५ घरपरिवार गाउँ फर्किएपछि व्यावसायिक खेतीतर्फ

पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले बढ्दो बसाइँसराइ रोक्न ‘गाउँ फर्क...

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

पाँच किलो गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

सुरुङ्गा (झापा) । नेपाली प्रहरीले पाँच किलो गाँजा र १४...

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

भारतका प्रधानमन्त्री मोदी र सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

आकस्मिक सेवा दिनुपर्ने बिरामीको मात्र उपचार गर्न बिमा बोर्डको निर्देशन

काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्था (अस्पताल)लाई आकस्मिक...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...