back
CTIZAN AD

तपाईका बालबालिका गुलियो बढी मन पराउँछन् ? यसरी छुटाउन सकिन्छ यस्तो बानी

वि.सं.२०७६ माघ २७ सोमवार

972 

shares

धेरै बालबालिकामा गुलियो खाने बानी हुन्छ । त्यसमा पनि चक्लेट त उनीहरुका लागि अति प्रिय नै हुन्छ । त्यसपछि बिस्कुट, आइसक्रिम, जुश, केक, चुइगमलगायतका गुलियो खानेकुराका लागि उनीहरु मरिहत्ते गर्छन् । यसमा अभिभावक पनि उनीहरुको सामु झुक्न बाध्य हुन्छन् । ‘के गर्ने नदिएमा रुन्छन् छोराछोरी रोएको देख्दा मन दुख्छ ।’ प्राय अभिभावकको भनाई यस्तै हुन्छ । तर, बजारका गुलियो खानेकुरा खाँदा बालबालिकामा मोटोपन हुने, दाँतबिग्रने, ब्लड शुगर बढ्ने तथा अन्य समस्याहरु पनि देखिने गर्दछन् ।

यदि आफ्ना छोराछोरीले गुलियो खानेकुरा नखाइ छाड्दैनन् भने उनीहरुका लागि यस्तो उपाय पनि अपनाउन सकिन्छ, जसबाट उनीहरुले गुलियो पनि खान पाउन र शरीरमा पनि हानि नहोस् ।


दही खुवाउनुहोस्-बालबालिका आइसक्रिम, कुल्फी, कोल्ड ड्रिंक्स लगायतका खाने कुराको माग गर्दा तपाई उनीहरुलाई दही खुवाउन सक्नुहुन्छ । दही ठूला व्यक्तिका लागि भन्दा पनि स–साना बालबालिका लागि विभिन्न स्वादका फ्लेवर हालेर बनाइएको हुन्छ । त्यसमा चिनीको मात्रा कम प्रयोग हुने हुनाले बालबालिकामा दहीको बानी बसाउनु अत्यन्त राम्रो हुन्छ । दहीमा प्रोटिनको मात्रा भरपुर हुने हुनाले यसले बालबालिकाको शरीको विकासको लागि पनि सहयोग गर्दछ ।


घरमै गुलियो खानेकुरा बनाउनुहोस्-तपाई बजारको भन्दा पनि घरमै बालबालिकालागि मिठो र स्वास्थ्यवद्र्धक खानेकुरा बनाउन सक्नुहुन्छ । जस्तै केक, कुकिज, हलुवालगायतका खानेकुरा आफै बनाउन सक्नुहुन्छ । कुकिजमा मैदाको साटो आँटा प्रयोग गर्न सक्नुहुन्छ । अर्कोकुरा यी खानेकुरा बनाउँदा चिनीको प्रयोग भन्दा पनि खुदो, ब्राउन सुगर वा ड्राइ फ्रुट (किसमिस, छोकडालगायतका) जो प्राकृतिक रुपमा गुलियो हुन्छन् ती प्रयोग गरेर गुलियो बनाउन सकिन्छ ।

कोकाकोला, जुशलगायतका पेय पदार्थमा रोक लगाउनुहोस्-सबैभन्दा बढी चिनी विभिन्न किसीमका पेय पदार्थमा प्रयोग गरिएको हुन्छ । तपाईलाई यो थाहा पाउँदा अचम्म लाग्ला कि, १ लिटर कोल्ड ड्रिंक्स बनाउँदा झण्डै ११० ग्राम चिनीको प्रयोग हुन्छ । त्यस्तै विभिन्न प्रकारका बजारमा रहेका फलफूलको जुश भनेर बिक्रि वितरण गरिने जुशहरुमा पनि अत्यधिक मात्रामा चिनी प्रयोग गरिएको हुन्छ । त्यस्ता कोल्ड ड्रिंक्स आफूले पनि प्रयोग नगर्नुहोस् र बालबालिकालाई पनि प्रयोग गर्न नदिनुहोस् । तपाईले त्यस्ता पेय पदार्थको साटो घरमै मौसम अनुसारको फलफूलको जुश वा कागती पानीमा ब्राउन सुगरको प्रयोग गरेर सर्वत बनाउन सक्नुहुन्छ ।


बिहानको खाजामा कर्न फ्लेक्स लगायतका खानेकुरा नदिनुहोस्-आजभोली धेरैको घरमा कोदो, फापर, गहुँको रोटी भन्दा पनि बनिबनाउ प्याकेटमा बन्द कर्न फ्लेक्स, चोकोज लगायतका खानेकुरा हरेक घरको भान्सामा सजिएको देख्न पाइन्छ । तर, धेरै बाबुआमाले बालबालिका लागि लागि यी खानेकुरा ब्रेकफास्टका रुपमा लिएपनि यसले बालबालिकाको शरीरको बृत्ति विकासका लागि सहयोग गर्दैन भनेर बुझ्न जरुरी हुन्छ । त्यसकारण यस्ता प्याकेट बन्द खानेकुरा नखाुवाउनु नै राम्रो हुन्छ ।

गुलियो खानेकुराले गर्ने बेफाइदाबारे बालबालिकालाई बताउनुहोस्-माथि भनिएका सबै कुरा गरेपनि बालबालिका लागि गुलियो खानेकुरा शरीरका लागि हानिकारक हुन्छ भन्ने कुरा पनि बुझाउन जरुरी हुन्छ । गुलियो खाँदा दाँत बिग्रने लगायतका कुरा उनीहरुकै भाषामा मायालु तरिकाले बुझाउने हो भने उनीहरु सानैदेखि गुलियो कुरा कम खाने र पछि बुझ्दै गएपछि आफै मन नपराउने पनि हुन्छन् । ऐजेन्सी

वि.सं.२०७६ माघ २७ सोमवार ०९:२१ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...