१ फागुन, कुवेत । कुवेतको एक निर्माणस्थलमा कायम गर्ने क्रममा चार नेपालीको ज्यान गएको छ ।
कुवेतको अल मुतला इलाकामा रहेको एक निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा चार नेपाली कामदारको मृत्यु हुनुका साथै तीन घाईते भएको बताइएको छ । तर, ती घाईते नेपाली वा अन्य कामदार भन्ने खुलाइएको छैन ।
बुधबार भएको उक्त दुर्घटनमा अन्य केही कामदार अज्ञात रहेको र उनीहरुको खोजी भइरहेको पनि बताइएको छ ।
प्रत्यक्षदर्शीका अनुसार एक चाइना कम्पनीका मजदुर ब्लाक 1, N5 जिल्लामा म्यानहोला बनाउने क्रममा थुपारेर राखिएको बालुवा खसेर उनीहरुलाई च्यापेको हो ।
च्यापिएका मध्ये ७ जनालाई बाहिर निकालिएको मध्ये चार मृत भेटिएका अरबटाइम्स अनलाइनले लेखेको छ । मृत्यु हुने नेपालीमा को–को हुन् भन्ने खुलाइएको छैन ।

वि.सं.२०७६ फागुन १ बिहीवार ०९:०३ मा प्रकाशित






























