back
CTIZAN AD

फागुन १ गतेसम्म ११ जीवन वीमा कम्पनीको दोस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक, कसको नाफा कति ?

वि.सं.२०७६ फागुन १ बिहीवार

2K 

shares

वीमा क्षेत्रको नियामक निकाय वीमा समितिको निर्देशन अनुसार प्रत्येक ३ महिनामा आफ्नो त्रैमासिक बित्तिय बिबरण सर्बजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था भए अनुसार बिहिबारसम्म ११ जीवन वीमा कम्पनीहरुले पुष मसान्तसम्मको बित्तिय बिबरण सार्बजनिक गरेका छन । पुष मसान्तसम्मको वित्तिय विवरण अनुसार गत वर्ष भन्दा यो वर्ष जीवन वीमा कम्पनीहरुको औषत नाफा बढेको छ ।

बित्तिय विवरण सार्वजनिक गर्ने वीमा कम्पनीहरुमा अमेरीकन लाईफ इन्स्योरेन्स कम्पनी(मेट लाइफ), एसियन लाईफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी, आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी, ज्योती लाईफ, प्रभु लाइफ, प्राईम लाइफ, रिलायवल लाईफ, सानिमा लाईफ, सन नेपाल लाईफ र युनियन लाईफले रहेका छन ।

नेपालमा हाल १९ वटा जीवन वीमा कम्पनीहरु रहेका छन । बित्तिय विवरण सार्वजनिक गर्ने वीमा कम्पनीहरुमा अमेरीकन लाईफ इन्स्योरेन्स कम्पनी(मेट लाइफ), एसियन लाईफ इन्स्योरेन्स कम्पनी, सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी, आईएमइ लाइफ इन्स्योरेन्स कम्पनी, ज्योती लाईफ, प्रभु लाइफ, प्राईम लाइफ, रिलायवल लाईफ, सानिमा लाईफ, सन नेपाल लाईफ र युनियन लाईफले रहेका छन । बित्तिय विवरण सार्बजनिक गरेका अधिकांस कम्पनीहरु नाफमा गएका छन ।

बढ्यो नाफा !

चालु आ.ब.२०७६/७७ को दोस्रो त्रैमाससम्म सार्बजनिक गरेका जीवन वीमा कम्पनीहरुको नाफा अघिल्लो वर्षको सोहि अवधिको तुलनाम बढेको देखिएको छ । गत आ.ब. २०७५/७६ को तुलनामा चालु आ.ब.मा ५१.५५८ प्रतिशतले आम्दानी बढेको देखिएको हो । अघिल्लो आ.ब.को पुष मसान्तसम्म कूल ७४ करोड ४० लाख ८४ हजार १ सय १६ रुपैयाँ कमाई गरेका जीवन वीमा कम्पनीहरुको नाफा चालु आ.ब.को सोहि अबधिमा १ अर्ब १२ करोड ७७ लाख १७ हजार ५ सय ९५ पुगेको छ । यो कमाई गत बर्षको भन्दा ३८ करोड ३६ लाख ३३ हजार ४ सय ७९ रुपैयाँले बढी हो ।

 

गत आ.ब. २०७५/७६ को तुलनामा चालु आ.ब.मा ५१.५५८ प्रतिशतले आम्दानी बढेको देखिएको हो । अघिल्लो आ.ब.को पुष मसान्तसम्म कूल ७४ करोड ४० लाख ८४ हजार १ सय १६ रुपैयाँ कमाई गरेका जीवन वीमा कम्पनीहरुको नाफा चालु आ.ब.को सोहि अबधिमा १ अर्ब १२ करोड ७७ लाख १७ हजार ५ सय ९५ पुगेको छ ।

गत वर्ष भन्दा यो बर्ष सबै भन्दा बढी कमाई गर्ने जीवन वीमा कम्पनीमा एसियन लाईफ इन्स्योरेन्स कम्पनी पहिलो रहेको छ । जसले अघिल्लो आर्थिक वर्षको सोहि अबधिको तुलनामा ३१९.६५९ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आ.ब.को पुस मसान्त सम्ममा उसले २ करोड ८९ लाख २७ हजार ६ सय ६२ खुद नाफा गरेकोमा चालु आ.ब.को सोहि अबधिमा नाफा रकम बढेर १२ करोड १३ लाख ९७ हजार ५ सय ४२ पुर्याएको छ । यो रकम अघिल्लो आ.ब.को तुलनामा ९ करोढ २४ लाख ६९ हजार ८ सय ८० रुपैयाँ बढी हो ।

त्यस्तै दोस्रोमा यूनियन लाईफ इन्स्योरेन्स रहेको छ । जसले अघिल्लो वर्षको पुष मसान्तमा भन्दा २६२.९३५ प्रतिशत बढी नाफा गरेको छ । उसले गतबर्ष पुष मसान्तसम्ममा ६ करोड १६ लाख ८९ हजार २ सय ७४ खुद नाफा गरेकोमा चालु आ.ब.को सोहि अबधिमा २२ करोड ३८ लाख ९२ हजार २ सय ७१ बढी कमाइ गरेको हो । यो कमाई गत आ.ब.को सोहि अबधिको तुलनामा १६ करोड २२ लाख २ हजार ९ सय ९७ रुपैयाँले बढी हो ।

प्राईम लाईफ इन्स्योरेन्सले ७३.१५९ प्रतिशत नाफा कमाएको छ । उसले गत बर्षको पुष मसान्त सम्ममा ९ करोड ५ लाख २६ हजार नाफा कमाएकोमा चालु आ.ब.को सोहि अबधिमा १५ करोड ६७ लाख ५४ हजार खूद नाफा गरेको छ । यो रकमा गत बर्षभन्दा ६ करोड ६३ लाख २८ हजार रुपैयाँले बढी हो ।
त्यस्तै नाफा कमाउनेहरुमा सिटीजन्स लाईफ ४२.९९ प्रतिशत, रिलायवल लाईफ ३३.५९७ प्रतिशत, प्रभु लाईफ ३०.६६१ प्रतिशत, ज्योती लाईफ ६.८८३ प्रतिशत, मेटलाइफ १.९१५ प्रतिशत रहेका छन भने सन नेपाल लाईफ, सानीमा लाईफ, र आईएमइ लाईफ इन्स्योरेन्सको नाफ भने घटेको छ ।

वीमा कम्पनीहरुले कसरी नफा रकम बढाए त ? भन्ने हाम्रो जिज्ञासामा एक विमकले अहिले बिमा कम्पनीहरुले खर्चमा मितब्ययीता अपनाउन थालेको र विमितहरुमा बिमा गर्नु पर्छ भन्ने चेतना बढेकोले यो अबस्था आएको बताए ।

वि.सं.२०७६ फागुन १ बिहीवार १७:०१ मा प्रकाशित

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

लघु जीवन बीमामा सर्वसाधारणको आकर्षणः चैतसम्म ८ अर्ब ४५ करोड प्रिमियम संकलन

काठमाडौं । नेपालमा न्यून आय भएका वर्गलाई लक्षित गरी सञ्चालनमा...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...