back
CTIZAN AD

नेपालका एकमात्र कोरोना भाइरस पीडितले दिए यस्तो बयान

वि.सं.२०७६ फागुन १ बिहीवार

975 

shares

१ फागुन, काठमाडौं । नेपालको पहिलो र एक मात्र (कोभिड-१९) अर्थात कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति अहिले पूर्ण स्वस्थ भएर दैनिक काममा फर्किइसकेका छन्। ती ३१ वर्षीय व्यक्ति चिनियाँ शहर वुहानबाट रुघाखोकी लागेको अवस्थामा खुन्मिङ हुँदै विमानबाट काठमाण्डू उत्रिएका थिए।

वुहानमा रहेका नेपालीहरू नयाँ भाइरसबाट सङ्क्रमित नभएकाले नेपालमा कोही पनि डराउनु पर्ने अवस्था नआएको उनी बताउँछन् । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उनलाई सामान्य औषधिका अतिरिक्त अलि फराकिलो दायराको हुने ब्रोड स्पेक्ट्रमको एन्टिबायोटिक औषधि दिइएको थियो।

प्रस्तुत छ उनीसँग बीबीसीले गरेको कुराकानीमा आधारित यो विवरणः
म चीनको वुहान शहरमा अध्ययन गर्छु। जनाअरी र फेब्रुअरीमा विश्वविद्यालयमा जाडोको छुट्टी हुने भएकोले म जनाअरी ९ तारिखमा वुहानबाट खुन्मिङ हुँदै नेपाल आएँ।

मलाई वुहानमा नै रुघाखोकी लागिरहेको थियो। त्यहाँ भाइरसको नयाँ सङ्क्रमण सुरु भइसकेको पनि मलाई थाहा भइसकेको थियो। त्यसैले शङ्का लागेर ज्यानुअरी १३ तारिखमा म काठमाण्डूको टेकु अस्पताल गएँ जहाँ मलाई अलिकति ज्वरो आएको थाहा भयो।

म वुहानबाट आएको थाहा पाएपछि चिकित्सकले मलाई निरीक्षणमा राखेर उपचार गर्नु पर्ने सल्लाह दिनु भयो।
त्यसपछि टेकु अस्पतालमैँ राखेर मेरो उपचार सुरु गरियो। डाक्टरहरूले मलाई औषधिहरू दिनु भयो र राम्रो हेरचाह गर्नु भयो।

मलाई सुईबाट एन्टिबायोटिक औषधि पनि दिइयो। दुई दिनपछि नै मलाई आराम भइहाल्यो। कोरोनाभाइरस सङ्क्रमणको आशङ्कापछि मेरो खकारको नमुना जाँचको लागि हङकङ पठाइएको थियो। तर म ठिक भएर अस्पतालबाट घर फर्किएँ।

पछि हङकङबाट मेरो रगतको नमुना परीक्षणको नतिजा आएछ। कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएछ। डाक्टरले फोन गरेर मलाई भिडभाडबाट टाढै बस्नु र आफ्नो राम्रो हेरचाह गर्नु भन्नु भयो। त्यसपछि म केही डराएँ।

केही दिनपछि ज्यानुअरी २७ तारिखमा काठमाण्डूमै फेरि मेरो रगतको नमुना परीक्षण गरियो। त्यतिबेला म कोरोनाभाइरस सङ्क्रमणमुक्त भइसकेको पुष्टि भयो। तैपनि म सावधान रहिरहेँ। चिकित्सकहरूसँगको सम्पर्कमा रहिरहेँ।

त्यसको दुई दिनपछि ज्यानुअरी ३१ तारिखमा फेरि मेरो रगत जाँच गरियो। म कोरोनाभाइरसको सङ्क्रमणमुक्त भएको फेरि पुष्टि भयो। त्यसपछि म आफ्नो घर र काठमाण्डू आउजाउ गरिरहेको छु। आफ्नो स्वास्थ्यप्रति सजग छु र आफ्नो राम्रो हेरचाह गरिरहेको छु।

अहिले एक महिना बितिसकेको छ। म पूर्ण रूपमा स्वस्थ भइसकेको छु। मलाई कुनै स्वास्थ्य समस्या छैन। वुहानको मेरो विश्वविद्यालयमा बिदा भएकोले म नेपालमै आफ्नो अध्ययनमा जुटिसकेको छु।

मेरो घर परिवारका सदस्यलाई मलाई कोरोनाभाइरस सङ्क्रमण भएको र पछि ठिक भएको थाहा छ। मलाई सबैले माया गर्नुहुन्छ। कसैले कुनै भेदभाव गर्नुहुँदैन।

मैले कोरोनाभाइरसबारेका खबरहरू पढिरहेको छु। अहिले चीनको हुबे प्रान्त र त्यहाँको वुहान शहरमा नेपाल फर्किने प्रतीक्षा गरिरहेका नेपालीहरूमा अहिलेसम्म कसैलाई पनि कोरोनाभाइरस सङ्क्रमण भएको मलाई थाहा छैन।

म पनि त्यहाँ रहेका मेरा साथीहरूसँग निरन्तर सम्पर्कमा छु। उहाँहरू स्वस्थ रहेको बताउनुभएको छ। उहाँहरूलाई नेपालमा अलग्गै जहाँसुकै राख्दा पनि स्थानीयस्तरमा कुनै समस्या हुँदैन। आत्तिनुपर्ने अवस्था छैन।

सबैजनाले (छिउँ गर्दा मुख छोप्ने, साबुनले हात धोइराख्ने जस्ता) आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन चाहिँ जरुरी छ।

मेरो विचारमा चीनको चिसो मौसमका कारण त्यहाँ नयाँ भाइरसको सङ्क्रमण फैलिइरहेको छ र त्यो नियन्त्रण हुन केही समय लागिरहेको छ। म नेपाल आउने बित्तिकै यहाँको तुलनात्मक रूपमा न्यानो मौसम पनि मेरो लागि अनुकूल बनेको हुन सक्छ। उपचार सुरु गरेको दुई तीन दिनमै मलाई ठिक भयो र म अहिले यसरी स्वस्थ भएर आफ्नो काममा फर्किन सफल भएको छु।

मेरो विचारमा चिसो हट्ने क्रम सुरु भएसँगै चीनमा पनि कोरोनाभाइरसको सङ्क्रमणको क्रम कम हुन थाल्छ र सबै कुरा बिस्तारै सामान्य हुन थाल्नेछ । त्यसपछि म फेरि चीनको वुहान फर्किएर आफ्नो अध्ययनमा जुट्ने वातावरण बन्नेछ।

वि.सं.२०७६ फागुन १ बिहीवार १६:५८ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...