२ फागुन काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आज (शुक्रबार) देखि ‘क्यान इन्फोटेक-२०२०’ मेला सुरु भएको छ ।
। नेपालमा सुचना र प्रविधिको क्षेत्रमा हुने सबैभन्दा ठूलो प्रदर्शनी भनेकै क्यान इन्फोटेक हो । शुक्रबार सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।
मन्त्री बास्कोटाले रोबर्टको बटन थिचेर रोबर्टबाटै रिवन काटेका थिए भने ड्रोनले पुष्प बृस्टि गरेको छ । यस पटकको इन्फोटेकमा प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रर्वद्धन गर्ने योजना अनुसार इन्नोभेशन एक्सपोजरहरुलाई विशेष प्राथमिकतामा राखिएको छ ।
सूचनाप्रविधि तथा इञ्जिनियरिङका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरुको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई ब्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहार उपयोगी शिक्षामा योगदान गर्नु उक्त मेलाको मुख्य उद्देश्य रहेको छ ।
इन्फोटेकमा स्टार्टअप आइडिया तथा प्रोजेक्ट प्रतिष्पर्धा र जुनियर इन्नोभेटरको प्रर्दशनीका साथै रोबोवार्स, अक्वाबोट, पुसबोट, ड्रोन डान्सिङ र रोबोट रेस जस्ता प्रतिष्पर्धा पनि हुनेछ । उक्त प्रतिष्पर्धाका विजेताहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।

साथै यस पटकको क्यान इन्फोटेकमा विशेष आकर्षणको रुपमा गेमिङ जोन रहनेछ । गेमिङ्ग पार्टनर ओसियनले क्यान महासंघसँग मिलेर इ–स्पोर्टस् च्याम्पियनसीप प्रतियोगिता समेत आयोजना गर्नेछ । जसमा डोटा टु तथा सीएस गो जस्ता टीम वर्कमा खेलिने लोकप्रिय खेल खेलिने छन् । यी दुवै प्रतियोगिताहरु नक आउट चरणमा हुने तथा उत्कृष्ठ आठ टीमले इन्फोेटेकमा हुने प्रतिष्पर्धामा भाग लिन पाउने छन् । प्रतियोगिताका विजेताहरुले नगद १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
क्यान इन्फोटेकमा यसपटक विभिन्न मोवाइल कम्पनीहरुले आफ्ना उत्कृष्ठ ब्राण्डहरुको प्रदर्शनी तथा विक्रिवितरण गर्नेछन् । जहाँ अवलोकन कर्ताले ५० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने बताइएको छ ।
यसैगरी इन्फोटेकमा अपरेटिङ सिष्टम सफ्वेयर, नेटवर्किङ सेल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्र्भटर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज हरु प्रदर्शनीमा राखिनेछन् । यसैगरी एण्डभाइरस सफ्टवेयर, बैकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क हरुपनि उपभोक्ताले भारी छुटमा खरिद गर्न पाउने ब्यवस्था छ ।
इन्फोटेकमा आइटी केज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफ्टवेयर पनि रहनेछन् ।
वल्र्ड लिंक कम्युनिकेशन एशोसिएट स्पोन्सरमा रहेको इन्फोटेकको प्लाटिनम स्पोन्सरमा एनसेल रहेको छ । भने, डायमण्ड स्पोन्सरमा भायोनेट कम्युनिकेशन रहेको छ । त्यसैगरी स्मार्ट टेलिकम, नियोटेरिक नेपाल र सागर डिष्टब्यूटर गोल्ड स्पोन्सर रहेका छन्न् ।
कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले आयोजना गरेको कार्यक्रम फागुन ७ गतेम्म हुने भएको छ ।
वि.सं.२०७६ फागुन २ शुक्रवार १५:०३ मा प्रकाशित