back
CTIZAN AD

एघार निर्जीवन वीमा कम्पनीको पुष मसान्तसम्मको बित्तिय बिबरण सार्बजनिक, कसको नाफा कति ?

वि.सं.२०७६ फागुन २ शुक्रवार

2K 

shares

चालु आ.ब. २०६७/७७ को दोस्रो त्रैमाससम्म ११ निर्जीवन वीमा कम्पनीहरुले आफ्नो आम्दानी विवरण सार्बजनिक गरेका छन । सार्बजनिक गरिएको बित्तिय बिबरण अनुसार उनीहरुले गत आ.ब.२०७५/७६ को पुष मसान्तको तुलनामा चालु आ.ब.२०७६/७७ को सोहि अबधिमा ३६.७१६ प्रतिशत बढी नाफा कमाएका छन । निर्जिवन विमा कम्पनीहरुको चालु आ.ब.को पहिलो त्रैमास असोज मसान्तसम्मको भन्दा पुष मसान्तसम्मको नाफा १४२.३५८ प्रतिशत बढी हो ।

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै एभरेष्ट ईन्स्योरेन्सले कमाएको छ । उसले गतबर्ष पुष मसान्तको भन्दा १२६.२५६ प्रतिशत बढी नाफा गर्न सफल भएको छ । गतबर्ष पुष मसान्तसम्ममा रु.२ करोड ५१ लाख ६६ हजार नाफा कमाएको उक्त इन्स्योरेन्सले चालु आ.ब.को सोहि अबधिमा रु.५ करोड ६९ लाख ३९ हजार ५ सय ४० नाफा कमाएको छ । यो गत बर्षकोभन्दा ३ करोड १७ लाख ७३ हजार ५ सय चालिस रुपैंयाँले बढी हो ।

आ.ब.२०७५/७६ को पुष मसान्तको तुलनामा चालु आ.ब.२०७६/७७ को सोहि अबधिमा ३६.७१६ प्रतिशत बढी नाफा कमाएका छन । निर्जिवन विमा कम्पनीहरुको चालु आ.ब.को पहिलो त्रैमास असोज मसान्तसम्मको भन्दा पुष मसान्तसम्मको नाफा १४२.३५८ प्रतिशत बढी हो

त्यस्तै अजोड इन्स्योरेन्सले ८७.१७८ प्रतिशत नाफा कमाएको छ । सार्बजनिक गरिएको पुष मसान्तसम्मको बित्तिय बिबरण अनुसार गतबर्ष पुष मसान्तसम्ममा उसले १ करोड २३ लाख ८५ हजार नाफा कमाएको चालु आबको सोहि अबधिमा उसले २ करोड ३१ लाख ८२ हजार नाफा कमाएको छ । जुन गत बर्षको भन्दा १ करोड सात लाख ९७ हजार रुपैंयाँले बढी हो ।

सरकारी लगानी भएको राष्ट्रिय वीमा कम्पनी लिमिटेड आम्दानी हुने नीर्जीवन वीमा कम्पनीहरुमा तेस्रो नंबरमा देखिएको छ । उसले गत आ.ब.को पुष मसान्तको तुलनामा ८६.६८६ प्रतिशत बढी नाफा कमाएको छ । गत आ.ब.को पुष मसान्तमा उसको कमाई १६ करोड ८४ लाख ५१ हजार रहेकोमा चालु आ.ब.को सोहि अबधिमा उसको नाफ बढेर १ करोड ४४ लाख ७५ हजार पुगेको छ । यो गतबर्षकोभन्दा १४ करोड ६० लाख २४ हजार रुपैंयाँले बढी हो ।

नाफा कमाउने अन्य नीजिवन कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स कम्पनी ५१.८७६ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्स ४२.७३६ प्रतिशत, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड ३२.५१२ प्रतिशत, सगरमाथा इन्स्योरेन्स २२.४०४ प्रतिशत, जनरल इन्स्योरेन्स कम्पनी ८.५२७ प्रतिशत, एनएलजी इन्स्योरेन्स ३.६४५ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्स कम्पनी २ प्रतिशत रहेका छन । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको चाहिं गत आ.ब.को तुलनामा १६.५५६ प्रतिशतले नाफ घटेको छ ।

नेपालमा हाल २० वटा निर्जीवन वीमा कम्पनीहरु रहेका छन । तिनिहरुमध्ये शुक्रबारसम्म जम्मा ११ वटाले मात्र आफ्नो बित्तिय बिबरण सार्बजनिक गरेका छन ।

फागुन १ गतेसम्म ११ जीवन वीमा कम्पनीको दोस्रो त्रैमासिक रिपोर्ट सार्बजनिक, कसको नाफा कति ?

 

वि.सं.२०७६ फागुन २ शुक्रवार १५:२४ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...