back
CTIZAN AD

१० दिन समय थपिएपछि के गर्दैछ एमसीसी कार्यदल ?

वि.सं.२०७६ फागुन २ शुक्रवार

1K 

shares

१ फागुन, काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न सत्तारुढ दल नेकपाले गठन गरेको कार्यदलको समय थप गरिएको छ । १० दिनको समय उपलव्ध गराइएको कार्यदलको समयसीमा बुधवार सकिए पनि म्याद थपिएको थिएन । कार्यदलले लिखित सुझाव तयार पार्न थप समय माग गर्दापनि म्याद नथपिएको भन्दै चर्को आलोचना भएपछि विहिबार साँझ प्रधानमन्त्री ओली म्याद थप्न तयार भएका थिए ।

गत माघ १९ गते नेकपाको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा प्रदीप ज्ञवाली र भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलका सदस्यहरुले १० दिनको अवधि एमसीसी सम्झौता बारेको अध्ययनमा व्यतित भएको भन्दै प्रतिवेदन तयार पार्न समय अपुग भएकाले थप समय माग गरेका थिए ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ १० दिनका लागि कार्यदलको समय थप गर्न सहमत भएका हुन् । कार्यदलले पेश गरेको प्रतिवेदनमाथि पार्टीमा छलफल हुने यसअघि नै प्रचण्डले बताइसकेका छन् ।

प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीले विहिबारनै एमसीसी सम्झौता भएको डेढ वर्षपछि अध्ययन कार्यदल बनाउनु पर्ने अवस्था आएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले एमसीसी नेपालको हितमा रहेको र आफूहरु प्रतिपक्षमा रहँदै यसबारे अध्ययन गरिसकेको भन्दै थप अध्ययनको आवश्यकता नरहेको बताउदै आएका छन् ।

यता कार्यदल संयोजक खनालले सम्झौता खारेज गर्नुपर्ने पक्षमा कार्यदल नरहेको बताए । तर संझौतामा धेरै नै संशोधन गर्नुपर्ने उनले बताए । कार्यदलले १० दिन थप समय पाएपछि संझौताका बारेमा संशोधन गर्नुपर्ने बुदाहरुलाई राम्रोसँग परिभाषित गर्ने उनले बताए । कार्यदल संसोधन गर्नुपर्ने विषयका बारेमा छलफलमा जुटिसकेको खनालले जानकारी दिए ।

अमेरिकाले संशोधन आफूहरूलाई मान्य नहुने बताएकोबारे खनालले यसबारे प्रधानमन्त्रीले अमेरिकालाई कन्भिन्स गर्नुपर्ने बताए । एमसीसी हुवहु परित गर्नु हुँदैन भन्नेमा कार्यदल मात्र नभएर नेकपा कै अधिकांस नेताहरु सहमत भएको खनालको भनाई छ ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १५:३६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...