back
CTIZAN AD

आलु बरामद

वि.सं.२०७६ फागुन २ शुक्रवार

933 

shares

२ फागुन, काठमाडौँ । भारतबाट अवैधरुपमा नेपालतर्फ चार ट्र्याक्टरमा ल्याइरहेको करिव रु पाँच लाख मुल्य बराबर दुई सय क्वीन्टल आलु सशस्त्र प्रहरी बल बरियारपुरले आज बिहान पक्राउ गरेको छ ।

ना ६ त ६३४९, ना ५ त ९४२८, ना ४ त २५०४ र ना ५ त ८०८६ नंको ट्र्याक्टरमा बाराको सिम्रौनगढबाट वीरगञ्जतर्फ ल्याइरहेको सो आलु वीरगञ्ज भन्सार कार्यालयका कर्मचारीको सहयोगमा पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुदर्शन अर्यालले बताए ।

उनले भारतबाट अवैधरुपमा ल्याएर नेपालतर्फ भण्डारण गरी जम्मा गरेर ट्र्याक्टरमा लगिरहेको अवस्थामा पक्राउ गरिएको बताए ।

बाराको पिपरापातीलगायतका गाउँ आलुखेतीका लागि उर्वरा भूमि भएकाले किसानले लगाएको आलु किनेर वीरगञ्जतर्फ बेच्न लगेको र सो आलु नेपालमै उत्पादन भएको आलुलाई प्रहरीले जबर्जस्ती पक्राउ गरेको आरोप आलु व्यापारीले लगाएका छन् । पक्राउ गरिएको आलु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी बेसक्याम्प बरियारपुरले जनाएको छ ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १५:४३ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...