back
CTIZAN AD

सिरहामा दुई हजार छोरीको बीमा

वि.सं.२०७६ फागुन २ शुक्रवार

780 

shares

२ फागुन, काठमाडौँ । प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ ।

छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका आठै जिल्लामा अहिले छोरी शिक्षा बीमा शिविर सञ्चालन भइरहेको छ । सिरहाका १७ स्थानीय तहमध्ये आजसम्म ११ स्थानीय तहमा सम्पन्न छोरी शिक्षा बीमा शिविरमा दुई हजार ४०३ छोरीको बीमा गरिसकिएको जनाइएको छ ।

सिरहा नगरपालिकामा सबैभन्दा बढी ४९० र सबैभन्दा कम विष्णुपुर गाउँपालिकामा ९० छोरीको बीमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिए । सो नगरपालिकामा ४९०, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकामा २२९, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बीमा गरिएको छ ।

यस्तै सिरहाको गोलबजार नगरपालिकामा ३८४, धनगढीमाई नगरपालिकामा २९४, बरियारपट्टी गाउँपालिकामा १५४, औरही गाउँपालिकामा १४२ गरी २०७५ माघ १ देखि जन्मिएका दुई हजार ४०३ छोरीको बीमा गरिएको संयोजक विश्वकर्माले बताए । विसं २०७५ माघ १ गतेयता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरिदिने घोषणा गरेअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि स्थानीय तहमै पुगेर छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाइएको छ ।

छोरीको बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकको नागरिकता र छोरी तथा अभिभावकका ६÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छ । उक्त शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिव, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।

विसं २०७५ माघ १ पछि जन्मेका छोरीको रु एक लाखको शिक्षा बीमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई वृद्धि गरी यो वर्ष रु तीन लाख पु¥याएको छ । शुरुमा २०७५ माघ १ गतेपछि प्रदेशमा जन्मिएका छोरी रु एक लाखको बीमा मात्रै थियो, तर यो वर्षदेखि त्यसलाई बढाएर रु तीन लाख पु¥याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतेश मिश्रले जानकारी दिए । छोरी शिक्षा बीमाअन्तर्गत हालसम्म प्रदेश नं २ मा करीब १५ हजार छोरीको बीमा प्रदेश सरकारले गरिसकेको छ ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १६:०२ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...