back
CTIZAN AD

यथार्थ जानकारी दिन आयोगको आग्रह

वि.सं.२०७६ फागुन २ शुक्रवार

822 

shares

२ फागुन, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले कुवेतस्थित एक कम्पनीमा कार्यरत छ नेपाली कामदार कामको सिलसिलामा ढिस्कोले पुरिएर मृत्यु भएका व्यक्तिको सांस्कृतिक अधिकारको व्यवस्था गर्न र घाइतेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले आज गरेको प्रेस विज्ञप्तिमा गत माघ २९ गते ढिस्कोले पुरिएर मृत्यु भएका तथा घाइते भएकाको प्रभावकारीरूपमा निःशुल्क उपचार गर्न, आवश्यक राहत क्षतिपूर्ति उपलब्ध गराउन तथा निजहरुको सांस्कृतिक अधिकारसमेतको संरक्षण हुने गरी आवश्यक व्यवस्था मिलाउनसमेत आग्रह गरिएको छ ।

आयोगले घटनाका सम्बन्धमा यथार्थ जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचारसमेत गरेको छ । वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा उनीहरुको मानवअधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना तथा नीति बनाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १६:२४ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...