back
CTIZAN AD

सूचना प्रविधि विधेयक पारित नभए डिजिटल कारोबारले वैधता पाउँदैनः मन्त्री बाँस्कोटा

वि.सं.२०७६ फागुन २ शुक्रवार

750 

shares

२ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विद्युतीय कारोबार ऐनभन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको बताएका छन् । डिजिटल क्षेत्रलाई वैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको उनको भनाई थियो ।

क्यान इन्फोटक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले डिजिटल क्षेत्रको पारदर्शिता, सुशासन र यसको वैधताका लागि विधेयक ल्याइएको बताए । विधेक पारित नभए डिजिटल कारोबारले वैधता नपाउने समेत उनले बताए ।

विधेयकमा दण्ड जरिबाना बढी भए पनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उल्लेख गर्दै बाँस्कोटाले भन्नुभयो, ‘एउटा स्याल चल्ला टिप्ने हुन्छ । उसले चिल आयो, चिल आयो भनेर कराउँछ । त्यसपछि मान्छे आकाशतिर हेर्छ । स्यालले चल्ला टिप्छ । अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शिता र सुशासन आएको नहेर्ने ?’

मन्त्री बाँस्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारबाही हुने भन्ने शब्दको अन्य अर्थ लगाएर ब्याख्या भइरहेको बताए।

शुक्रबारबाट क्यान इन्फोटक मेला २०२० सुरु भएको छ । कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघको आयोजनामा फागुन ७ गतेसम्म चल्ने सूचनाप्रविधि सम्बन्धी प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन् ।

वि.सं.२०७६ फागुन २ शुक्रवार १६:२८ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...