back
CTIZAN AD

प्रणय दिवसकै दिन विक्रि भएनन् गुलाफ ! (तस्बिरसहित)

वि.सं.२०७६ फागुन २ शुक्रवार

1.1K 

shares

टिका कुरुम्बाङ, २ फागुन, काठमाण्डौ ।  प्रणय दिवस वा प्रेम दिवस (अङ्ग्रेजी Valentine᾿s Day) १४ फेबू्रअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ ।

तत्कालीन रोमन सम्राट् क्लाउडियस द्धितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो – अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे । तर, निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन आफूलाई मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक–अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । हरेकको मनमा प्रेमभाव अंकुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ ।

यो पर्व वा दिवसमा गुलाफको फूल अफ्नो प्रेमी प्रेमिकालाई दियो भने प्रेम सम्बन्ध राम्रो हुन्छ भन्ने जनविश्वास रहँदै आएको छ । विशेष गरि युवा युवतीहरूमा यसको बढी लगाव हुने गर्दछ ।

तर , पहिलेको तुलनामा अहिले प्रणय दिवसका दिन फूल पसलका ग्राहक भने घटेको पाइएको छ । वर्षेनी ग्राहकहरु घट्दै गएको वताउछिन् , उमन इन फ्लोरिकल्चर प्लोनिर एण्ड रेलिबल सोपका सञ्चालीका सवनम श्रेष्ठ । उनले भारतबाट आयात हुने फुलको यो वर्ष मात्रा कम भएको पनि बताइन् । युवा पूस्ताको विदेश पलायन नै यसको कारण भएको उनको भनाइ छ ।

यस्तै, अर्की एस डिनरि सेन्टरकी सञ्चालिका रिता बलामीको पनि उस्तै भनाइ छ, यस वर्षको प्रेम दिवसका दिन पहिले सालको भन्दा कम फूल विक्री भएको छ । उनले १५ प्रतिशत विक्री भइसक्नु पर्ने समय सम्म पनि १ प्रतिशत पनि नभएको बताइन् । पहिलाको वर्षको तुलनामा यस वर्ष आफुलाई घाटा हुने पनि बताइन् । युवा वर्ग पढाइका शिलशीलामा होस् या कामको शीलशीलामा बाहिरि मुलुक जानेको संख्या वढी भएका कारण यस्तो अवस्था आएको उनको भनाई छ ।
नेपालमा चिसोका कारण गुलाफका फूल उत्पादन नहुने भएका कारण भारतीय फुल आयात गर्नु परेको उनको भनाई छ ।

अरुदिनको हिसावमा धेरै फूल विक्री भए पनि पोहोर सालको प्रेम दिवसका दिनका तुलनामा यस वर्षको प्रेम दिवसमा भने कम विक्रि वितरण भएको क्लोभर सोपका सञ्चालिका, रोशनी श्रेष्ठले बताएकी छन् । गुलाफका फूल लोकल (नेपाली) र डज रोज (भारतिय) मध्ये लामो समयसम्म टिकाउ हुने भएकाले आफूले डज रोज विक्रिका लागि राखेको पनि वाताइन् । उनले फूलको गुणस्तर अनुसार मूल्य निर्धारण हुने बताउछीन् । उनका अनुसार होलसेलबाट ल्याउदा २८ देखि ५३ रुपैयाँ प्रति गोटा पर्ने र आफूले पसलमा ५०,४०,३९,३८ रुपैयाँमा बेच्ने गरेको र प्रेम दिवसका दिन भने ७० देखि १०० रुपैयाँ प्रति गोटा गुलाफका फुुल बेच्ने गरेको बताइन् ।

डाफोडील्स फ्लावर सोपका सञ्चालक सुनिल तामाङका अनुसार पहिलेका प्रेम दिवसमा गुलाफका मुठ्ठानै विक्रि हुनेमा यस वर्ष भने एउटा-एउटा मात्र विक्रि भएको वताउँछन् । यस्तै, गएका वर्षहरुमा अन्य उपहार पनि विक्रि वितरण हुने गरेकोमा यस वर्ष भने गुलाफका फूलमात्र बिक्रि भएको उनको भनाई छ । उनले नेपालमा १० प्रतिशत गुलाफ उत्पादन हुने र छिमेकि मुलुक भारतबाट ९० प्रतिशत आयात हुने गरेको पनि बताएका छन् ।

प्रेम दिवसका दिन ९९ प्रतिशत गुलाफ विक्रि हुने र १÷२ प्रतिशत मात्र अन्य फुल विक्रि हुने वताए । पहिले चाहि एकदम प्रेम गर्नेले मात्र फुल दिने गरेकोमा अहिले आएर यो दिवसमा बुवाआमालाई छोराछोरीले गुलाफ दिने प्रचल बढेको उनको भनाइ छ ।

फ्लाओर जोन सोपका सञ्चालक सन्तोष तामाङका अनुसार पहिलेको तुलनामा अहिलेको प्रेम दिवसमा २५ प्रतिशत मात्र गुलाफ विक्री भएको बताउँछन् । अरु सामान्य दिन भन्दा प्रेम दिवसका दिन गुलाफ वढी विक्री हुने वताउछन् ।

प्रशिक्षार्थी पत्रकार

वि.सं.२०७६ फागुन २ शुक्रवार १८:२७ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...