back
CTIZAN AD

१३ वर्षीया छोरीले दिइन् आमालाई दागबत्ती

वि.सं.२०७३ मंसिर २८ मंगलवार

954 

shares

२८ मङ्सिर,रोल्पा । ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छिन् ।

रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भई हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि विभिन्न निकायमा सहयोगको याचना गर्दागर्दै गत आइतबार मृत्यु भएको थियो ।

श्रीमान् वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका तथा छोरो ३ वर्षको मात्र रहेका कारण १३ वर्षीया छोरी कमला वलीले दागबत्ती दिएकी हुन् । धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्नसमेत नसकेपछि नेपाल महिला सङ्घ रोल्पाको पहलमा अन्त्येष्टिका लागि आवश्यक सामान उपलब्ध गराइएको नेपाल महिला सङ्घ, रोल्पाका अध्यक्ष पुष्पा श्रेष्ठले बताउनुभयो ।

मृतक वलीको संरक्षकत्वमा उनकै अपाङ्ग नन्द बस्दै आएकी थिइन् । “उनको मृत्युपछि नाबालक रहेका तीन छोराछोरी र नन्दको बिचल्ली भएकाले सहयोगका लागि विभिन्न दातालाई आग्रह गरेका छौँ”, श्रेष्ठले भन्नु भयो ।

लामो समय सम्पर्कमा नरहेका उनका श्रीमान् पछिल्लो पटक भने सम्पर्कमा आई छुट्टी मिलेपछि घर फर्कने बताएको पारिवारिक स्रोतले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर २८ मंगलवार ०५:२१ मा प्रकाशित

काभ्रे-२ मा रास्वपाको अग्रता

काभ्रे-२ मा रास्वपाको अग्रता

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २...

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

जनताको भावनाअनुसार हामीले काम गरेर देखाउनुपर्छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रञ्जु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

१० हजार बढी मत ल्याएर रुकुम पूर्वबाट विजय भए संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम...

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ-६ बाट रास्वपाका उम्मेदवार खनाल विजयी

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्वबाट ‘प्रचण्ड’ विजयको नजिक

रुकुम पूर्व । रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा...