११ फागुन, काठमाडौं । नेपाली कांग्रेसको छाया मन्त्रिपरिष्दको बैठक सम्पन्न भएको छ । छाया सरकार गठन भएको नौ महिनापछि बसेको मन्त्रिपरिषदको बैठकले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचारको खोजि गर्ने निर्णय गरेको छ ।
सम्बन्धित छाया मन्त्रीहरुले आफ्ना मातहातका विभागहरुमा भएका र हुन सक्ने भ्रष्टाचारलाई अध्ययन गरेर रिपोर्टिङ गर्ने निर्णय पनि बैठकले गरेको छ । छाया सरकारले नौ महिनासम्म केही काम नगरेको भन्दै पार्टी भित्र र बाहिर आलोचना हुन थालेपछि सभापति शेरबहादुर देवाको आग्रहमा आइतबार बैठक बसेको हो ।
बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको थियो ।
वि.सं.२०७६ फागुन ११ आइतवार १३:३९ मा प्रकाशित






























