back

जनप्रगतिशील मन्च बहराइनद्वारा दोषीमाथि कार्वाही गर्न माग

वि.सं.२०७३ मंसिर २९ बुधवार

828 

shares

जनप्रगतिशिल मन्च बहराइनले देसको राजधानी काठमाण्डौसंगै जोडिएको काभ्रेपलान्चोक जिल्लाको कोशिपारी सानो बाङथली गाबिस वडा नम्बर ७ मा बोक्सीको आरोपमा एक दलित महिला लक्ष्मी परियालाई सोही गाबिसका सुर्योदय माबिका एक जना शिक्षक हिरा लामा र अन्य ब्यक्तीहरुको प्रत्यक्ष सहयोगमा मलमुत्र खुवाएर कुटपिट गरेको २ दिनपछि महिलाको मृत्यु भएको खबरले यतिबेला देश शोक मग्न भएको भन्दै यस घटनाप्रती सम्बन्धित निकाय, नेपाल सरकारले तुरुन्त पहलकदमी लिदै घटनाको निष्पक्ष छानबिन गरि दोषिलाई कारबाही र पिडित परिवारलाई क्षतिपुर्तीको ब्यबस्था गर्न माग गरेको छ ।
अध्यक्ष नारायण रपाल बिस्वकर्मा र महासचिव जगेन खाम मगरद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा उक्त माग गरिएको हो ।

“एक्काईसौ शाताब्दीको यस युगमा पनि बोक्सी, भुतप्रेत, जस्ता रुदिबादी कुसस्कारको पछि लागेर शिक्षक जस्तो सम्माननिय पेशामा रहेका ब्यक्तीले गाउको गरिब तथा दलित परिवारको एक महिलालाई मानबता बिरोधी हिंसात्मक घटना घटाउनु निन्दनिय छ, यस घटना प्रति नेपाली जनप्रगतिशील मन्च बहराइन घोर भत्सर्ना गर्दछ ” वक्तव्यमा भनिएको छ ।
शिक्षक जस्तो मानिसले समाजमा कलंकको रुपमा रहेको कुरिती, कुसस्कार र रुदिबादी पराम्पराको अन्त्य गर्न खेल्नुपर्ने भुमिकाको समेत बेवास्त गरि उल्टै आफैले कानुन हातमा लिनेकाम गर्नु, महिलालाई बोक्सिको आरोपमा मलमुत्र खुवाउनु, हातपात गर्दै महिलालाई पशुलाई जस्तो हातखुट्टा बाँधेर पिटनु सरासर गलत र निन्दनिय भएको पनि वक्तव्यमा उल्लेख छ ।

वि.सं.२०७३ मंसिर २९ बुधवार ०७:३९ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...