back
CTIZAN AD

फ्रयांकफोर्ड घोषणा पत्र जारी गदैै नेजस युरोपको बृहत भेला सम्पन्न

वि.सं.२०७३ मंसिर २९ बुधवार

813 

shares

europe-bhela-2073-2

नेपाली जनसम्पर्क समिती (नेजस) युरोप भेला तथा १० आँै वार्षिकोत्सव सम्पन्न भएको छ । जर्मनीको फ्रायाङफर्टमा सम्पन्न उक्त भेलाले माउपार्टी सँग नेपाली जनसम्पर्क समिती युरोप समितिलाई बिधानमा लिपिबद्ध गर्न अनुरोध गरेको छ । युरोप महादेश भित्रका सबै जनसम्पर्क समितिहरुको डिसेम्बर ११ र १२ मा सम्पन्न उक्त बृहत भेलाले फ्रयांकफोर्ट घोषणापत्र जारी गरेको छ । । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, सभापति दिल बहादुर गुरुङ लगायतको विषेश उपस्थित रहेको सो भेलामा यूरोपस्थित नेपाली जनम्पर्क समितिका १२ देशका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । भेलाले नेपाली जनसम्पर्क समिति यूरोपलाई अझ सशक्त पार्दै यूरोपका अन्य मूलुकमा समेत जनसम्पर्क समिति बिस्तार गर्ने निर्णय गरेको छ ।
europe-bhela-2073-1

भेलाले जारी गरेको फ्रयांकफोर्ड घोषणा पत्र :
१) भेलालाई भब्य रुपमा सम्पन्न गर्न यूरोपका बिभिन्न देशबाट सहभागी प्रतिनिधि, संयोजनको जिम्मा लिएको नेपाली जनसम्पर्क समिति जर्मनी, गैरआवासीय नेपाली संघका अग्रज तथा नेपाली कांग्रेस नेता तथा कार्यकर्ताप्रति यो भेला धन्यवाद ज्ञापन गर्दछ।
२)  नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली जनसम्पर्क समिति यूरोपको १० औं वार्षिकोत्सवको असरमा पठाउनु भएको शुभकामना सन्देशका लागि भेला धन्यवाद ज्ञापन गर्दछ । त्यस्तै पार्टी सभापति शेरबहादुर देउवाको मार्गदिशालाई आत्मसाथ गर्दै अगामी दिनमा जनसम्पर्क समिति यूरोप अगाडी बढ्ने यो भेला प्रतिबद्धता जाहेर गर्दछ।
३) नेपाली जनसम्पर्क समिति यूरोपको विद्यान आगामी २ महिना भित्र तयार गर्न नारायण आचार्य संयोजक, सहसंयोजकहरु भिम केसी, राजकुमार त्रिपाठी, सदस्यहरुमा झलक केसी, पुष्प थापा, चिन्तामणी सापकोटा, बाबुराजा लामा, योसदा थापा, हरी पौडेल र बिमलबावु उपाध्याय रहेको एक विद्यान समिति गठन गरियो। यो भेलाले नेपाली जनसम्पर्क समिति यूरोपलाई नेपाली कांग्रेसको औपचारिक रुपमा बैधानिक बनाउन नेपाली कांग्रेस केन्द्रिय विद्यानमा समेट्न पार्टी समक्ष जोड्दार माग गर्दछ।
४)  नेपाली जनसम्पर्क समिति यूरोपको दोश्रो अधिवेसन नेपाली कांग्रेस केन्द्रिय समितिसँग समन्वय गरी आगामी ३१ जुलाई २०१७ भित्र गर्ने यो भेला सर्वसम्मत निर्णय गर्दछ। सो अधिवेसनको निर्वाचनका लागि इन्द्र पकवान क्षेत्रिको नाम संयोजक तोकिएको छ।
५)  विदेशमा बस्ने नेपालीहरुको साँझा संस्था गैरआवासीय नेपाली संघको अभियानलाई अझ प्रभावकारी बनाउन बिभिन्न देशमा गठन भएका गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिसँग सहकार्य गर्दै आगाडि बढ्ने यो भेला प्रतिवद्धता जाहेर गर्दछ।
६) देशमा भैरहेको राजनैतिक अन्योलका कारणले नेपाल आर्थिक तथा सामाजिक रुपमा अझै पछि धकेलिदै आएको भेलाले ठहर गर्दै राजनीतिक निकासका लागि संसदमा प्रस्तुत संविधान संसोधन विधेयकलाई संसदबाट पारित गरि तत्काल स्थानीय निर्वाचनको घोषणा गर्न यो भेला सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ।
७)  नेपाली समूदायको बाक्लो उपस्थिति रहेको स्पेन र प्रोतुगलमा नेपाली दूतावास तत्कान स्थापना गर्न नेपाल सरकार समक्ष यो भेला जोडदार माग गर्दछ।
८)  मधेस आन्दोलन तथा संविधानप्रति असन्तुष्ट पक्षलाई समेट्ने उद्देश्यले नेपाली कांग्रेसले अगाडि सारेको राजनीतिक मार्गदिशालाई लिएर नेपाली कांग्रेस तथा पार्टी नेतृत्वबिरुद्ध नियोजित रुपमा सामाजित सञ्जालमा भैरहेको आक्रमणप्रति यो भेला खेद प्रकट गर्दछ। आगामी दिनमा नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी पार्टी नेपाली कांग्रेस माथि सामाजिक सञ्जालमा हुने आक्रमणको एक ढिक्का भएर प्रतिरक्षा गर्न विश्वभर छरिएका नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्तालाई यो भेला आग्रह गर्दछ।
१२ डिसेम्बर २०१६, फ्रयांकफोर्ट, जर्मनी

वि.सं.२०७३ मंसिर २९ बुधवार ०७:१८ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...