back
CTIZAN AD

जनप्रगतिशील मन्च बहराइनद्वारा दोषीमाथि कार्वाही गर्न माग

वि.सं.२०७३ मंसिर २९ बुधवार

1K 

shares

जनप्रगतिशिल मन्च बहराइनले देसको राजधानी काठमाण्डौसंगै जोडिएको काभ्रेपलान्चोक जिल्लाको कोशिपारी सानो बाङथली गाबिस वडा नम्बर ७ मा बोक्सीको आरोपमा एक दलित महिला लक्ष्मी परियालाई सोही गाबिसका सुर्योदय माबिका एक जना शिक्षक हिरा लामा र अन्य ब्यक्तीहरुको प्रत्यक्ष सहयोगमा मलमुत्र खुवाएर कुटपिट गरेको २ दिनपछि महिलाको मृत्यु भएको खबरले यतिबेला देश शोक मग्न भएको भन्दै यस घटनाप्रती सम्बन्धित निकाय, नेपाल सरकारले तुरुन्त पहलकदमी लिदै घटनाको निष्पक्ष छानबिन गरि दोषिलाई कारबाही र पिडित परिवारलाई क्षतिपुर्तीको ब्यबस्था गर्न माग गरेको छ ।
अध्यक्ष नारायण रपाल बिस्वकर्मा र महासचिव जगेन खाम मगरद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा उक्त माग गरिएको हो ।

“एक्काईसौ शाताब्दीको यस युगमा पनि बोक्सी, भुतप्रेत, जस्ता रुदिबादी कुसस्कारको पछि लागेर शिक्षक जस्तो सम्माननिय पेशामा रहेका ब्यक्तीले गाउको गरिब तथा दलित परिवारको एक महिलालाई मानबता बिरोधी हिंसात्मक घटना घटाउनु निन्दनिय छ, यस घटना प्रति नेपाली जनप्रगतिशील मन्च बहराइन घोर भत्सर्ना गर्दछ ” वक्तव्यमा भनिएको छ ।
शिक्षक जस्तो मानिसले समाजमा कलंकको रुपमा रहेको कुरिती, कुसस्कार र रुदिबादी पराम्पराको अन्त्य गर्न खेल्नुपर्ने भुमिकाको समेत बेवास्त गरि उल्टै आफैले कानुन हातमा लिनेकाम गर्नु, महिलालाई बोक्सिको आरोपमा मलमुत्र खुवाउनु, हातपात गर्दै महिलालाई पशुलाई जस्तो हातखुट्टा बाँधेर पिटनु सरासर गलत र निन्दनिय भएको पनि वक्तव्यमा उल्लेख छ ।

वि.सं.२०७३ मंसिर २९ बुधवार ०७:३९ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...