
१७ फागुन, काठमाण्डौं । बिश्वभर तिब्र गतिमा कोरोना भाइरसको संक्रमणपछि साउदी अरेवियाले आपद्कालिन अवस्था भन्दै पर्यटक भिसा बन्द गरेको छ । उसले हवाई सेवा पनि बन्द रगेको छ ।
कोरोना प्रभावित मुलुकबाट आउने पर्यटकका लागि अहिले प्रतिबन्ध लगाइएको साउदी सरकारले जनाएको छ । उसले इश्लाम धर्मालम्बीको सबैभन्दा पवित्र स्थल मक्का र मदिना लगायत धार्मिक स्थान भ्रमणका लागि विदेशीको आगमनमा प्रतिबन्ध लगाउनुका साथै पर्यटक भिसा नदिने निर्णय गरेको शनिबारको अन्न्पिूर्णपोष्ट दैनिकमा समाचार छ ।
उमराका लागि वर्षभरी लाखौं व्यक्ति साउदी पग्छन् । हजका बेला पर्यटकको संख्या बढ्ने भएकाले संक्रमणलाई ध्यान दिँदै साउदीले यस्तो निर्णय लिएको हो ।
साउदी सरकारले विहिबार एक विज्ञप्ति जारी गर्दै भाइरस नियन्त्रण गर्नका लागि चीन, जापान, थाइल्याण्ड, मलेसिया, इण्डोनेशिया, दक्षिण कोरिया, इरान, इजिप्ट, पाकिस्तान, भारत, यमनलगायतका मुलुकको नामै तोकेर पर्यटक भिसा उपलब्ध गराउन नसक्ने जनाएको छ ।
वि.सं.२०७६ फागुन १७ शनिवार ०८:०९ मा प्रकाशित