back
CTIZAN AD

प्रति व्यक्ति ११० डलर भत्तासहित २१ जनालाई सित्तैमा जापान उडाउँदै निगमको जहाज

वि.सं.२०७६ फागुन १७ शनिवार

843 

shares

१७ फागुन, काठमाण्डौं । दैनिक ५३ लाख रुपैयाँ घाटा बेर्होदै आएको र ४० अर्ब ऋणमा डुबेको नेपाल वायु सेवा निगमले सोमबार जापानको नारिताका लागि गर्न लागेको पहिलो उडानमा २१ जनालाई ‘औचित्यविना’ लैजाने भएको छ । उनीहरु सबैको आतोजाते टिकट, भिसाा शुल्क, होटल खर्च र दैनिक भ्रमण भत्ता निगमले व्यर्होने छ । निगमले यसमा न्यूनतम् २५ लाख रुपैयाँ लाग्ने भनेको छ ।

निगमका एक निर्देशकका अनुसार सञ्चालक समितिका सदस्य तथा सांसदलाई दैनिक १ सय १० डलर भत्ता, जापान बसाईका क्रममा प्रतिकोठा दैनिक १ सय १२ डलर, आउने जाने हवाई टिकट, कार्यक्रमलगायत खर्चको विल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई बेर्होन भनिएको छ ।

‘सांसदलगायत एकतर्फी, १ लाख रुपैयाँ हाराहाराीमा पर्ने विजनेश श्रेणीको सिटमा लैजाने भनिएको छ,’ निगमका वाणिज्य विभागका एक कर्मचारीले भने, ‘ तर, यताबाट जाँदा सबै बिजनेश श्रेणीका सिट खाली भएकाले भ्रमणमा जाने सबैको सिट ७० हजार रुपैयाँ पर्ने इकोनोमि श्रेणीबाट अपग्रेड गर्नुपर्ने भनिएको छ ।’ शानिबारको कान्तिपुर दैनिकमा समाचार छ ।

जापानको लागि उड्ने वाइडबडी विमानमा १८ वटा विजनेश, २ सय ५६ इकोनोमिसहित २ सय ७४ वटा सिट रहेका छन् । यो भ्रमणमा इकोनोमि श्रेणीमा राखिएका भ्रमणका सदस्यलाई विजनेश श्रेणीमै लैजाने भनिएको विमानस्थलस्थित अन्तराष्ट्रिय उडान हेर्ने अधिकारीले बताए । सोमबार जाने नेपाली टोली बुधबार मात्रै फर्किनेछ ।

वि.सं.२०७६ फागुन १७ शनिवार ०८:२७ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...