back

प्रति व्यक्ति ११० डलर भत्तासहित २१ जनालाई सित्तैमा जापान उडाउँदै निगमको जहाज

वि.सं.२०७६ फागुन १७ शनिवार

453 

shares
GLOBAL IME AD
NTC AD

१७ फागुन, काठमाण्डौं । दैनिक ५३ लाख रुपैयाँ घाटा बेर्होदै आएको र ४० अर्ब ऋणमा डुबेको नेपाल वायु सेवा निगमले सोमबार जापानको नारिताका लागि गर्न लागेको पहिलो उडानमा २१ जनालाई ‘औचित्यविना’ लैजाने भएको छ । उनीहरु सबैको आतोजाते टिकट, भिसाा शुल्क, होटल खर्च र दैनिक भ्रमण भत्ता निगमले व्यर्होने छ । निगमले यसमा न्यूनतम् २५ लाख रुपैयाँ लाग्ने भनेको छ ।

निगमका एक निर्देशकका अनुसार सञ्चालक समितिका सदस्य तथा सांसदलाई दैनिक १ सय १० डलर भत्ता, जापान बसाईका क्रममा प्रतिकोठा दैनिक १ सय १२ डलर, आउने जाने हवाई टिकट, कार्यक्रमलगायत खर्चको विल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई बेर्होन भनिएको छ ।

‘सांसदलगायत एकतर्फी, १ लाख रुपैयाँ हाराहाराीमा पर्ने विजनेश श्रेणीको सिटमा लैजाने भनिएको छ,’ निगमका वाणिज्य विभागका एक कर्मचारीले भने, ‘ तर, यताबाट जाँदा सबै बिजनेश श्रेणीका सिट खाली भएकाले भ्रमणमा जाने सबैको सिट ७० हजार रुपैयाँ पर्ने इकोनोमि श्रेणीबाट अपग्रेड गर्नुपर्ने भनिएको छ ।’ शानिबारको कान्तिपुर दैनिकमा समाचार छ ।

जापानको लागि उड्ने वाइडबडी विमानमा १८ वटा विजनेश, २ सय ५६ इकोनोमिसहित २ सय ७४ वटा सिट रहेका छन् । यो भ्रमणमा इकोनोमि श्रेणीमा राखिएका भ्रमणका सदस्यलाई विजनेश श्रेणीमै लैजाने भनिएको विमानस्थलस्थित अन्तराष्ट्रिय उडान हेर्ने अधिकारीले बताए । सोमबार जाने नेपाली टोली बुधबार मात्रै फर्किनेछ ।

वि.सं.२०७६ फागुन १७ शनिवार ०८:२७ मा प्रकाशित

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ...

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...