back
CTIZAN AD

नाइजेरियासहित थप ६ देशमा कोरोनाको संक्रमण, मंगोलियाका राष्ट्रपति पनि क्वारेन्टाइनमा

वि.सं.२०७६ फागुन १७ शनिवार

795 

shares

१७ फागुन, काठमाण्डौं । ६ वटा मुलुकमा शुक्रबार पहिलोपटक कोभिड–१९ संक्रमण पाइएको छ । अफ्रिकी राष्ट्रमध्ये सबैधन्दा धेरै जनसंख्या रहेको नाइजेरियामा भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

इटालीबाट आएका एक पुरुषमा संक्रमण पाइएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

न्युजिल्याण्डमा पनि पहिलोपटक संक्रमित पुष्टि भएको छ । इरानबाट फर्किएका एक व्यक्तिमा कोभिड–१९ देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । पुर्वी युरोपका बेलारुस, र लिथुवानियाले पहिलोपट आफ्ना देशमा कोभिड–१९ संक्रमण पाइएको जनाएका छन् । इस्टोनिया र नेदरल्याण्ड्सले पनि भाइरस संक्रमित रहेको पुष्टि गरेको आजको कान्तिपुरले ऐजेन्सीलाई उदृत गर्दै लेखेको छ ।

कोभिड–१९ बाट जापानमा एक बेलायती नागरिकको मृत्यु भएको छ । योकोहोमा रहेका पिू्रन्सेस डाइमण्ड पानी जहाजमा रहेका उनको मृत्यु भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरसबाट मृत्यु हुने उनी पहिले बेलायती भएको बताइएको छ ।

त्यस्तै चीनको छिमेकी मंगोलियाका राष्ट्रपति बद्दुल्गा खल्तमालाई पनि क्वारेन्टाइनमा राखिएको छ । हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि नगरिसकेको मंगोलियाले सुरक्षाका हिसाबले भर्खरै चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो ।

वि.सं.२०७६ फागुन १७ शनिवार ०८:४३ मा प्रकाशित

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...