back
CTIZAN AD

नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको डब्लूएचओको चेतावनी

वि.सं.२०७६ फागुन १७ शनिवार

930 

shares

१७ फागुन, काठमाण्डौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाल सहित पाँच देश कोरोनाको उच्च जोखिमममा रहेको चेतावनी दिएको छ । जेनेभास्थित मुख्यालयमा विहिबार पत्रकार सम्मेलन गर्दै डब्लूएचओका प्रमुख डा. टेडरोस गेब्रिएसुसले नेपाल, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा रहेको बताएका हुन् ।

कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै गएकाले ढुक्क नबस्न उनले सबै मुलुकलाई अपिल गरेका छन् । ‘कुनै देशले कोरोना भित्रदैँन भनेर बसे गम्भीर गल्ती हुन्छ,’ उनले भने, ‘सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नू ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहले नेपालमा डब्लूएचओले कोरोनाको उच्च जोखिम औल्याएके बताए । नेपालले अहिलेसम्म कोरोना नियन्त्रणका लागि कुनै अर्थपूर्ण तयारी गर्न सकेको छैन ।

डब्लूएचओको अनुसार पछिल्लो २४ घण्टामा सात देशले रिर्पोट पेस गरेकोमा चीनमा भन्दा द्रुत गतिमा संक्रमण देखिएको छ । ब्राजिल, जर्जिया, ग्रिस, उत्तर म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियाले पहिलोपटक केस रिर्पोट गरेका हुन् ।

८ डिसेम्बरको चीनको वुहानमा देखिएको कोरोना विश्वका ५० देशमा फैलिइसकेको छ । कोभिड –१९ बाट ८३ हजारभन्दा बढीसंक्रमित छन् भने २८ सय ५१ को ज्यान गएको पनि शनिबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:०७ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...