back
CTIZAN AD

फ्रान्समा तिब्र रुपमा कोरोना फैलिएको भन्दै फ्रान्सबाट यस्तो लेख्छिन् अनुराधा पौडेल

वि.सं.२०७६ फागुन १७ शनिवार

909 

shares

फ्रान्समा रहेकी पत्रकार अनुराधा पौडेलले फ्रान्समा तिब्र रुपमा कोरोना फैलिएको र कोरोनाको आगो लागेपछि निभाउन ग्राहो रहेको महसुस गरेको लेखेकी छन् ।

फ्रान्समा कोरोनाको संक्रमणबाट एक शिक्षकको मृत्यु भइसकेको र कोरोनाका ५७ केस पक्का भएको भन्दै सामाजिक संजालमा लेखेकी छन्– ‘तर यो कोरोना कस्तो रैछ भने कतिपय बेला मर्ने बेला भईसक्दा पनि थाह नपाईने र अस्पताल पुग्दा ढीलो भईसक्ने ! मृगौला र फोक्सोले कामै नगर्ने ।’

उनले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेकी छन् 
‘कोरोना ईन फ्रान्स : चार महिना पहिला सम्म जुन शहरमा बस्थेँ अहिले त्यहि शहर वरपर कोरोनको आगो सल्केको छ ।
जुन अस्पतालमा जँचाउन जान्थे त्यहि अस्पलाका नर्स र डा हरु क्वारेन्टाईनमा छन् । किनभने यहि अस्पतालमा सिकिस्त भएका कोरेनाका बिरामी थिए र पछि पेरिसको एक अस्पतालमा मरे । उनीसँग सम्पर्कमा आएकाहरु क्वारेन्टाईमा थुनिएका छन् । मरेका जुन थिए उनी कोरोना सँक्रमित ठाउँमा गएका थिएनन ।उनी स्कुलका शिक्षक थिए ।
यसको मतलब उनलाई कसैले सारेको थियो ।
उनका सम्पर्कमा आउने आफन्त र साथीभाई जति सब घरमै बन्दी जस्तै छन् ।
यहि शहर अलि उता उत्तरको आमिया भन्ने शहरमा अर्का कोरोनाका रोगी छन्, सँभवत उनलाई बचाउन गाह्रो छ ।
उनी भने चाईना पुगेर आएका रहेछन् । मैले यति लेख्दा सम्म ५७ केश पक्का भएका छन् ।
त्यो भन्दा पनि उत्तर लाग्दा बेल्जियम सीमा पुगिन्छ । यहि सीमा नजिकको लिल शहरमा अहिले बेलुका एक नया रोगी भर्ती भएका छन् ।
पेरिस र पेरिस वरपर कोरोना फैलिएको छैन । कोरोनाको आगो लागेपछि निभाउन गाह्रो रैछ । हरेक क्षण फ्रान्समा तिब्र रुपमा कोरोना फैलिरहेछ ।
फ्रान्सको स्वास्थ्य सेवा टप मा पनि टप छ ! अस्पताल बेलैमा पुग्न पाए मरिन्न ।
तर यो कोरोना कस्तो रैछ भने कतिपय बेला मर्ने बेला भईसक्दा पनि थाह नपाईने र अस्पताल पुग्दा ढीलो भईसक्ने ! मृगौला र फोक्सोले कामै नगर्ने ।
एउटा आश्चर्य के लागेको छ भने रोगको खानी भएको ठाउँलाई अझै क्वारेन्टाईनमा राखिएको छैन । मानिसहरुलाई मास्क लगाउ पनि भनिएको छैन बरु प्रत्येक घन्टा हात धोउ भनिएको छ !
एक खालको अघोषित सन्त्रास छ । होटल र रेष्टुरेन्टमा ग्राहकहरु ह्वात्तै घटेका छन् । हिजो देखि बारम्बार कोरोनाको न्यूज आईरहेछन् ।’

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:२५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...