back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् सेनामा नयाँ कायम गरिएको राशन स्केल

वि.सं.२०७६ फागुन १७ शनिवार

12.7K 

shares

१७ फागुन, काठमाण्डौं । नेपाली सेनाले सार्वजनिक गरेको नयाँ राशन स्केल २०७६ माघ १ गतेबाट लागू भएको छ ।

नेपाली सेनाको इतिहासमा विं.स २००८ साल फागुन २६ गते ‘आर्मी अर्डर’ का नाउँमा राशन सम्बन्धीत व्यवस्था सार्वजनिक भएको थियो ।
नेपाली सेनामा शाकाहारी र मांसाहारी दुवैलाई सम्बोधन गर्ने गरी राशन सम्बन्धी नयाँ व्यवस्था २०७६ पुष २३ गते परीपत्र जारी गरी माघ १ गतेबाट लागू हुने भनिएको थियो । यसअघि मांशहारीले पाउने खसी, कुखुराको मासु र अण्डाको सट्टा पनिर, च्याउ, स्पेशल दही र फलफूलको व्यवस्था गरिएपछि सेनाभित्रका शाकाहारी लाभांवित हुने स्थिति आएको हो ।

शाकाहारीका निमित्त दैनिक ११.४ ग्रामको ७ दिनमा संचित ७९.ग्रामलाई हप्ताको एकछाक दिने व्यवस्था भएको छ भने च्याउ प्रति छाक १९७.४ का दरले ५ छाक पुग्ने बताइएको छ । यसबाहेक शाकाहारीले ११५ मिलिलिटर दही समेत विहानको खानामा पाउने भएका छन् ।

नेपाली सेनाको इतिहासमा शाकाहारीलाई विधिवत भोजन व्यवस्थापन र समायोजन गरिएको यो पहिलो पटक भएको मानिएको छ ।

प्रति सैनिक दैनिक ७०० ग्राम चामल, शाकाहारी\ मांसाहारी दुवैलाई व्यवस्था भएको छ भने दाल दुवैथरीलाई ७० ग्राम, सुख्खा तरकारी ६० ग्राम, आलु १२५ ग्राम पनि दुवै थरीलाई समान गरिएको छ । दैनिक २८.६ ग्रामको खसि र कुखुराको अलग अलग व्यवस्था यसअघिकै भएको छ भने यसअघि पाएको ६ वटा अण्डामा १ थपेर ७ बनाइएको छ ।

यसको सट्टामा शाकाहारीलाई १७५ ग्राम फलफूल, ११.४ पनिर, १४१ ग्राम च्याउ, स्पेशल दही, ११५ मिलिलिटर मिलाइएको छ भने वन पाउरोटी दुवैथरीलाई ७० ग्राम भनिएको छ ।

७० वर्ष अगाडिको ‘आमी अर्डर’ ले प्रति सैनिक प्रतिदिन २० मुठी चामल, २ मुठी दाल, ३ तोला नुन, डेढ तोला घीउ, १ तोला तेल, डेढ सर दाउरा, चिनी, चिया र दूध र पैसा, मसला २ पैसा, तरकारी ६ पैसा र मासु हप्तामा आधा पाउ मात्रै व्यवस्था गरिएको थियो ।

इटहरीमा पनि ५० श्ययाको सैनिक अस्पताल सञ्चालन,के-के छन् त सेवाहरु ?

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:४० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...