back
CTIZAN AD

इटहरीमा पनि ५० श्ययाको सैनिक अस्पताल सञ्चालन,के-के छन् त सेवाहरु ?

वि.सं.२०७६ फागुन १६ शुक्रवार

1K 

shares

१६ फागुन, इटहरी । इटहरीमा रहेको पूर्वी पृतनामा आधुनिक उपकरणसहितको ५० श्ययाको सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आज एक समारोहबीच अस्पतालको उद्घाटन गर्दै नेपाली सेनाका बहालवाला तथा सेवानिवृत्त आफन्त तथा परिवार स्वास्थ्य समस्याबाट पीडित भएर काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्यका लागि सेनाले अस्पताल निर्माण गरेको बताए ।

अस्पताल सञ्चालनमा आएपछि प्रदेश एक तथा आसपासमा बसोवास गर्ने सेनाका आफन्त तथा उनीहरुका आश्रितले सामान्य रोगको उपचार गराउन काठमाडौँ जानु नपर्ने बताए । यहाँ उपचार हुन नसक्ने बिरामीको लागि विराट अस्पतालसँग सम्झौता भएकाले तुरुन्तै यहाँबाट रेफर गरेर पठाइने बिरामीको त्यस अस्पतालमा सबै किसिमको उपचार हुने समेत उनले बताए ।

प्रधानसेनापति थापाले अहिले यस अस्पतालमा बहालवाला सेना तथा उनका आश्रितको मात्र उपचार हुने भए पनि पछि यहाँका जनप्रतिनिधि तथा उद्योगी व्यापारीको अनुरोधमा सर्वसाधारण नागरिकको पनि उपचार गराइने बताए । हाल यस अस्पतालबाट छातीरोग, बालरोग, स्त्रीरोग, दन्त चिकित्सा, हाडजोर्नी तथा मेडिकल सेवा उपलब्ध हुने बताइएको छ ।

नेपाली सेनाको छाउनी अस्पतालले माग्यो डाक्टर, नर्स र कर्मचारी

वि.सं.२०७६ फागुन १६ शुक्रवार १५:४३ मा प्रकाशित

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

भद्रपुर (झापा) । पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली...

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

एमालेभित्र हिक्मत कार्कीलाई हटाउने खेल सुरु, मतभेद गहिरिँदै गएको संकेत !

काठमाडौं । नेकपा एमालेभित्र कोही प्रदेश सरकारको नेतृत्वलाई लिएर नयाँ...

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्ब...

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत...

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर (झापा) । यहाँकोे बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको...