back
CTIZAN AD

यसकारण खतरनाक हुन सक्छ लामो समयसम्म पिसाब रोकेर बस्नु !

वि.सं.२०७६ फागुन १६ शुक्रवार

1.1K 

shares

हामी धेरैपटक पिसाब रोकेर बसेका हुन्छौं । कहिले व्यस्तताको कारण देखाउँदै त कहिले चिसो अथवा अन्य कारण । धैरै मानिसहरु जाडो मौसममा रातिमा उठ्न अल्छि लागेका कारण लामो समयसम्म पिसाब रोकेर बसेको बताउँछन्, ‘जाडोको बेला त्यो पनि राति तातो सिरक\ब्लांकेटबाट बाहिर निस्कनै मन लाग्दैन अनि पिसाब रोकेर सुतिरहन्छु ।’ अधिकांशको भनाई यस्तै हुन्छ ।

तर, लामो समय पिसाब रोकेर बस्नु स्वास्थ्यका लागि खतरनाक हुने स्वास्थ्य विज्ञ बताउँछन् । स्वस्थ्य व्यक्तिका लागि दिनभरीमा पाँच देखि १० पटक सम्म पिसाब लाग्नु राम्रो मानिन्छ । यदि तपाई पिसाब रोक्ने बानी गर्नु भएको छ भने तपाईका लागि त्यसले समस्यामा पार्न सक्दछ ।

एक स्वस्थ्य मानिसको मुत्राशयले झण्डै ४०० देखि ५०० मिलिलिटर पिसाब रोकेर राख्न सक्छ । कहिले काँही पिसाब रोकेर बस्नु ठिक हुन्छ । तर, पटक-पटक पिसाब रोकेर बस्नु भने खतरनाक हुन्छ । यस्तो गर्दा मुत्राशयको मांशपेसी कमजोर हुन्छ ।

प्रायजसो यस्तो समस्या उमेर पुगेका महिलाहरुमा बढी देखिन्छ । ४० बाट माथि उमेरका महिलाहरुले पिसाब कन्ट्रोल गर्न नसकेको बताउँछन् । तर, नियमित रुपमा पिसाब रोक्नुको बेफाइदा यो हुन्छ कि, कहिलेकाँही पिसाब आफै चुहिन्छ ।

यदि तपाई पिसाब लाग्दा पनि पिसाब रोकेर बस्नुहुन्छ भने यसले Urinary Retention पनि हुन सक्छ । Urinary Retention यस्तो स्थिति हो, जसका कारण तपाईको मुत्राशयमा रहेको पिसाब पूरै रुपमा खाली हुन सक्दैन । यसले पीडा हुने र पिसाब गर्दा समस्या हुने देखिन्छ । साथै कसैमा Urinary Retention का बेला पिसाब गर्न समस्या नभए पनि मुत्राशय पूरै रुपमा खाली हुन सक्तैन ।  यदि तपाईमा पनि यस्तो बानी छ भने आजै छोड्नहोस् र विकरलाल समस्या आउनबाट बच्नुहोस् ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १५:३५ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...