back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७६ फागुन १७ शनिवार

1.2K 

shares

(१)
कालो रात हट्न जसरी, त्यो उज्यालो रबि चाहिन्छ
बिचारको शक्तिले संसार बदल्न, यहाँ त्यस्तो कबि चाहिन्छ
छन् समाजमा धेरै छन, कुरिति कुसंस्कार र कुबिचारहरु
बदल्नुछ यो समाज भने, मान्छेमा स्वच्छ छबि चाहिन्छ…

(२)
कहिले काहीं नसोचेकै, चोट पर्छ जिन्दगीमा
आफ्नै मान्छे दुष्मन बनि, घात गर्छ जिन्दगिमा
हाँसो खुशिसँगै जीवन, बित्ला भन्ने सोच्दै गर्दा
छातिमाथी बज्र परि, आँशु झर्छ जिन्दगीमा ..

(३)
मान्छेले मान्छेलाई बिभेद गर्छ, जातको बिल्ला भिराएर
आफ्नो जातलाई उच्च ठान्छ, अर्काको जात गिराएर
एक्काईसौ शताब्दिमा पनि, छुवाछुत मै अल्झिराछौं
कहिले बन्ला सुन्दर समाज ?, यसैगरी बाटो बिराएर…

(४)
बुढेशकालमा पाल्छ भन्दै, छोरा पाउँदा मख्ख पथ्र्यौ
छोरी भन्दा त्यो छोरालाई, कति धेरै प्यारो गथ्र्यौ
अहिले छोराले भोकै पार्दा, छोरीले पो पालेकी छे
छोरीको गर्भ तुहाएको भए, आज खान नपाई मथ्र्यौ …

(५)
अचेल मेरा सन्तान किन, यति अबुझ बन्न थाले
हिमाल पहाड तराई छुट्याइ ,तेरो मेरो भन्न थाले
सिङ्गो देशको कुरै छैन, बर्ग जातको पछि लाग्दै
सदभाब बोक्ने छाति भित्र, साँच्चै खाडल खन्न थाले..

वि.सं.२०७६ फागुन १७ शनिवार ०९:५० मा प्रकाशित

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...